नेकपा सचिवालय बैठक बस्दै : यस्ता छन् एजेन्डा

nekapa sachibalaya 2077 3

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्न सचिवालय बैठक बस्दैछ । आजको बैठकका राष्ट्रियसभामा रिक्त मनोनित कोटामा सदस्य सिफारिशबारे पनि छलफल हुने जनाइएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गत साउन ३० मा भएको छलफलबाट महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले यही भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा प्रधानमन्त्री ओलीले सरकारको काममा केन्द्रित भई बाँकी कार्यकाल पूरा गर्ने र अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षमा आफूलाई केन्द्रित गर्ने, मन्त्रिपरिषद्मा आवश्यकतानुसार हेरफेर गर्ने, तोकिएको समयमा महाधिवेशन गर्ने, एकताका बाँकी काम शिघ्र पूरा गर्ने लगायत सुझाव छन् ।

केहीबेर अघिबाट सुरु भएको बैठकमा अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभाको सदस्यतामा निरन्तरता दिने या नदिने भन्ने विषय र नेकपा कार्यादलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने विश्वास गरिएको छ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडाको निरन्तरता चाहेपनि हालै कार्यदलद्धारा पेश गरिएको प्रतिवेदनले संगठन र सरकारबीच नियमित परामर्शमार्फत पद्दति विकास गर्न दिएको सुझावलाई आत्मसाथ गर्ने मनस्थिति बनाएको बुझिएको छ।

त्यसका कारण ओलीले यो बैठकको ‘मुड’ हेरेर निर्णय लिने पार्टी सचिवालयका एक सदस्यले बताए। नेकपामा फागुन १४ गते भएको सहमति अनुसार नेता वामदेव गौतमले आफूलाई राष्ट्रियसभामा लैजानु पर्ने दबाब दिएका छन्।

यता वरिष्ठ नेता झलनाथ खनालका साढु भाइ समेत पर्ने सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउनु पर्ने दबाब पनि ओलीले त्यतिकै खेपेको बुझिएको छ।

Kantipath Media

यो छुट्टाउनु भो कि..