annapurna add

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संविधानको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई भएको र गम्भीर संवैधानिक प्रश्न संवैधानिक इजलासले नै न्याय निरूपण गर्ने भएकाले यताको मुद्दा अरू इजलासमा लान नमिल्ने बताउनुभएको छ ।

agni kharelप्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज भएको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राखेको जिज्ञासामा उहाँले संवैधानिक विषयको मुद्दा संवैधानिक इजलासमा हेर्न नमिल्ने भन्ने होइन भन्नुभयो ।

“अदालत पारदर्शी हुन्छ । बृहत् पूर्ण इजलासका मुद्दा पनि संवैधानिक इजलासमा आउँछ । संविधानकै विषयमा व्याख्या गर्न संवैधानिक इजलास गठन भएको हो ।”, उहाँले भन्नुभयो ।

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण शुरु
महोत्तरी जिल्लाबाट आजदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी केशव विमलीले आज जिल्लाका ज्येष्ठ नागरिक नेपाल पत्रकार महासङ्घ महोत्तरीका पूर्वअध्यक्ष एवं तत्कालीन मटिहानी गाउँ विकास समितिका अध्यक्ष ८६ वर्षीय पत्रकार विन्देश्वरीप्रसाद मण्डललाई परिचयपत्र वितरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष कमलेश मण्डललगायत जिल्लाका अन्य व्यक्तित्वहरुलाई पनि आजै राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो । महोत्तरीमा २०७६ साल साउन १३ गतेदेखि शुरु भएको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता कार्यक्रमअन्तर्गत आजसम्म २१ हजार २५९ जनाको विवरण दर्ता भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । सोमध्ये २०७६ भदौ ८ गतेसम्म दर्ता भएका दुई हजार जनाको राष्ट्रिय परिचयपत्र बनेर आइसकेको र वितरण प्रक्रिया आजदेखि शुरु भएको हो ।

त्यसैगरी आजदेखि विवरण सङ्कलनको काम र परिचय वितरणको कामसँगसँगै हुने प्रजिअ विमलीले बताउनुभयो । राष्ट्रिय परिचयपत्रका लागि अहिले महोत्तरीमा दैनिक औसतमा सय जनाको विवरण सङ्कलन हुँदै आएको छ ।

पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न इच्छा लाग्नेहरु नयाँ जनादेशमा जानुुपर्छ ः मन्त्री रायमाझी

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले परिवर्तनका मुुद्दा र उपलब्धि गुुम्ने खतरा भएपछि प्रधानमन्त्रीले रहरले नभई बाध्यात्मक परिस्थितिका कारण प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जानुु परेकोे स्पष्ट गर्नुुभएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले आगामी चुुनावबाट जसलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न इच्छा लाग्छ, उहाँहरु खुुशी भएर नयाँ जनादेशमा जानुुपर्नेमा किन अप्ठेरो मानिरहनुुभएको छ भनी प्रश्न गर्नुुभयो ।

मन्त्री रायमाझीले भन्नुुभयो, “तीन वर्षसम्म सरकारमा बस्ने, अनि आफूू हिँडेपछि प्रधानमन्त्रीलाई पनि ढालेर सडकमा पुु¥याउने ? ढुुङ्गामुुढा र विरोध प्रदर्शन गर्ने ? सबैले त्यसो गर्ने भए यो देशको समृद्धि कहाँ जान्छ ? देश र प्रणाली कसले बचाउँछ ?” निर्वाचन घोषण भएको शुुरुआती दिनमा जनतामा केही अलमल देखिए पनि पार्टीभित्रको विवादबारे स्पष्ट पारिएपछि प्रधानमन्त्रीलाई बाध्य पारिएको रहेछ भन्ने जनताले बुुझेका र विस्तारै निर्वाचनका पक्षमा जनमतको लहर उर्लिरहेको उहाँले बताउनुुभयो ।

प्रतिपक्ष र नेकपाकै केही नेताले चुुनावमा जान हिम्मत नराखेको बताउँदै उहाँले भन्नुुभयो,“केही समयमै सत्य उजागर हुुनेछ, जनताले को देशको नायक हो भन्ने बुुझ्नेछन् ।’’ उहाँले नाकाबन्दी र भूूकम्पका बेला राष्ट्रियताको अडान राखेर सुुखी नेपाली समृद्ध नेपालको अभियानमा अघि बढेको विषय जनताले हेरेका छन् भन्नुभयो ।

मुलुकमा विकास र समृद्धिको अभियान अघि बढिरहेका बेला कुुनै विचार, राजनीति, योजना, विधि र मापदण्डका आधारमा नभई पद र प्रतिष्ठासँग जोडेर अनेक विवाद सिर्जना गरी सरकारलाई अप्ठेरामा पार्ने काम भएको बताउँदै उहाँले भन्नुुभयो, “बेठीक किसिमबाट झगडा र अन्तरविरोध भयो । वैचारिक र देशलाई समृद्धि गर्ने विषयमा बहस भएन । अनि निर्वाचनको कदम चाल्नुुप¥यो ।”

मन्त्री रायमाझीले सर्वसम्मत चयन भएको प्रधानमन्त्रीलाई विनाकारण विशेष अधिवेशन बोलाएर अविश्वासको प्रस्ताव अघि बढाउने उद्देश्यले चालिएको कदम गम्भीर त्रुुटि भएको टिप्पणी गर्नुुभयो । एक प्रश्नका जवाफमा उहाँले भन्नुुभयो, “कम्युनिष्ट पार्टीका नेतामा नै देखिएको तडकभडक र राज्यको ढुुकुुटी उडाउने जस्ता गलत प्रवृत्तिप्रति मेरो सहमति छैन, आफूूले त्यसप्रति कहिल्यै रुचि राखिन ।”

परराष्ट्र मन्त्रीस्तरीय नेपाल–भारतबीचका बैठकमा छलफलका लागि रहने कार्यसूचीमा भैरहवा–गोरखपुर ४०० केभी प्रसारण लाइन पनि रहेको जानकारी दिँदै मन्त्री रायमाझीले भइरहेका संरचनालाई सुधार गर्ने तथा जमीनमुुनि विद्युतीय लाइन बिच्छ्याउने कामलाई प्राथमिकता दिइएको बताउनुुभयो । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन कम्प्याक्ट(एमसिसी सम्झौता) कार्यान्वयन गर्ने वा नगर्ने भन्नेमा प्रमुख राजनीतिक दलबीच छिट्टै निष्कर्षमा पुुग्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

यसैबीच नेपाली काँग्रेसकी नेत्री सुुजाता कोइरालाले संविधानमै प्रतिनिधिसभा एक कार्यकालका लागि पाँच वर्ष तोकिएकाले उक्त अवधि अगावै हुने निर्वाचनका पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पार्नुुभएको छ ।

यहाँ आज आयोजित साक्षात्कारमा पूर्वउपप्रधानमन्त्री कोइरालाले अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा निर्णय सुनाउने विश्वास व्यक्त गर्नुुभयो ।

नेत्री कोइरालाले भन्नुुभयो, “हामी कुनै हालतमा पनि अहिले चुुनावका पक्षमा छैनौँ, समय अगावै चुुनाव गराउने कार्य प्रजातान्त्रिक होइन, संविधानको प्रावधानअनुुसार प्रतिनिधिसभा पुनःस्थापना हुनुुपर्छ, विकल्प छैन ।’’

कोरोनाले साघुँरियो भुवा पर्वको रौनक
प्रत्येक वर्ष पुसे औँसीका दिन सुदूरपश्चिम प्रदेशमा मनाइने भुवा पर्वको रौनक यस पटक भने कोरोना भाइरस सङ्क्रमणका कारण साँघुरिएको छ ।

एक साताभन्दा बढी समयसम्म सुदूरपश्चिम प्रदेशका बझाङ्ग, बाजुरा, अछाम र डोटीका साथै कर्णाली प्रदेशमा मनाइने यो पर्वलाई कोरोना भाइरस सङ्क्रमणका कारण घरघरमा पुगेर भुवा नाच गर्न समस्या भएको छ । खासगरी सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागतरुपमा मनाउँदै आएको भुवा पर्वलाई तराईका जिल्ला कञ्चनपुर र कैलालीमा समेत पहाडबाट बसाइँ सरी आएकाहरुले मनाउँदै आएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरस्थित संविधान चोकमा खप्तड समाज कञ्चनपुरले एकदिने भुवा पर्व मनाइरहेको छ । महेन्द्रनगरका देउडिया लक्ष्मण अधिकारीले कोरोनाका कारण भुवा पर्व एकै दिनमा टुङ्ग्याउनु परिरहेको बताउनुभयो । पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो पर्व पुसे औँसीदेखि शुरु हुने गरेको अधिकारीको भनाइ छ ।

“आजदेखि शुरु भएर आठौं दिनसम्म घरघरमा गएर देउडाको लयमा भुवा नाच हँुदै रमाइलो गरी मनाइन्थ्यो”, उहाँले भन्नुभयो, “यो इष्टमित्र भेटघाटको अवसरमा पनि हो ।”

पञ्चेबाजाका साथमा खेलिने यो पर्वमा पुरुषहरु हातमा तरबार र खुकुरी प्रदर्शन गरी मनाउने परम्परा छ । यस पर्वको शुरुको दिन राँके जुलुस निकालेर रातभर मादलका तालमा गीत गाउने पनि गरिन्छ । यहाँको भीमदत्तनगरपालिका–१३ महाकाली नदीको तटीय क्षेत्रका स्थानीयवासीले पनि भुवा पर्व मनाइरहेका छन् ।

सुदूरपश्चिमाञ्चल विश्विद्यालयको परीक्षा नियन्त्रक कार्यालयका अधिकृत तुलसी पण्डितले भुवा पर्वको विशेषतालाई युवा पुस्ताले पनि बुझ्न जरुरी रहेको बताउनुभयो ।

“जो जहाँ भए पनि मिलेसम्म आफ्नो रीतिरिवाज परम्परा बिर्सिनु हुँदैन”, उहाँले भन्नुभयो, “पहिलो यहाँका गाउँगाउँमा खेलिने यो पर्व पछिल्लो समय संयुक्तरुपमा पनि मनाइँदैछ ।” सुदूरपश्चिममा भुवा पर्व पाका पुस्तामा लोकप्रिय छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...