सुरक्षित समाजको निर्माणको लागि बानेश्वरमा CCTV उदघाटन

काठमाडौँ – “समुदाय प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत काठमाण्डौ महानगरपालिका वडा नम्बर-३२ स्थित सुविधानगर क्षेत्र भित्रका विभिन्न स्थानहरूमा जडित CCTV आज एक कार्यक्रमका विच माननिय महान्यायाधिवक्ता अग्नी प्रसाद खरेलको प्रमुख आतिथ्यतामा उदघाटन कार्यक्रम सम्पन्न भयो ।

Agni Prasad Kharel

सामुदायिक ‍सेवा केन्द्र १०,३१ र ३२ को आयोजनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि माननिय महान्यायाधिवक्ता अग्नी प्रसाद खरेलले घटना समाजमा घटने, अपराधी समाजमानै हुने, नपत्याएका मानिसबाट समेत ठुलाठुला घटना घटने गरेको स्मरण गराउदै समाज संगको सम्बन्ध राम्रो बनाउन सकेमात्र सफल अनुसन्धान गर्न सकिने हुनाले प्रहरीले सुरू गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम राम्रो कार्यको थालनी भएको बताए  ।

प्रहरीको सफल अनुसन्धानको लागि प्रविधिहरूको प्रयोगमा CCTV क्यामेराले सहयोग पुग्ने साथै प्रहरीको अनुसन्धानमा समाजका व्यक्तिहरूले समेत सहयोग गर्नु पर्ने बताए। अपराध अनुसन्धानको शिलशिलामा संचार कर्मीलाई लक्षित गर्दै खरेल भने तपाईहरूले देखेको भन्दा फरक किसिमको घटना हुन सक्ने हुनाले यथार्थ कुरा भन्दा बाहिर गई अनुसन्धानमा असहयोग हुने गरी समाचार सम्प्रेसण नगर्न संचार कर्मीहरूलाई अनुरोध छ ।

Agni Prasad Kharel 2

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देश भरिनै विभिन्न कार्यक्रमहरू संचालन गरिएको बताउँदै साझेदारी कार्यक्रमले निरन्तता पाउने र यसैको उपलब्धी स्वरूप समाजिक संघ संस्थाहरूसंगको सहकार्यमा CCTV जडान गर्ने सम्पन्न गरिएको बताउँदै जडान कार्यमा सहयोग गर्ने सबैलाई प्रहरी प्रधान कार्यालयको तर्फबाट धन्यवाद दिए ।

सुरक्षाको दृष्टिकोणले हेर्नेहो भने क्यामेरा जडान गरिएको ठाउँमा प्रहरी कर्मचारीहरू राख्ने हो भने करीब साढे ३ सय भन्दा वढी जनशक्ती खर्च हुनेमा यसले कम गरेको बताए । CCTV को सहायताले घटनास्थलको यथार्थ बस्तुस्थित पत्ता लगाई अनुसन्धान गर्न सजिलो हुने बताए । 

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले सड्क पेटी भरी प्रहरी परिचालन गरेर समाज सुरक्षित हुन सक्छ भन्ने धारणाबाट माथि उठदै प्रविधि मैत्री बनाउन सकिएमा समाज सुरक्षित र कम खर्चिलो हुने बताए ।

CCTV क्यामेराको प्रमाण कहिलै परिवर्तन नहुने हुनाले निश्पक्ष प्रमाणको रूपमा पेश गर्न यो अपरिहार्य रहेको बताए । अकाट्य प्रमाण, लामो समय सम्म सुरक्षीत राख्न सकिने तथा भएको कुरा यथार्थ देखाउने हुनाले प्रहरीलाई सफल अनुसन्धान गर्न समेत सहयोग पुग्ने बताए । 

सीसी क्यामेरा उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले विभिन्न सरकारी निकाय र निजी संघसंस्थाहरूको सहकार्यमा ३७ लाख ३५ हजारको कुल लागतमा ७४ वटा सीसी क्यामेरा जडान गरिएको जानकारी दिदै एक वर्ष सम्म सम्पुर्ण मर्मत सम्भार जडान गर्ने कम्पनीले नै गर्ने र त्यस पश्चात सम्मपुर्ण मर्मत सम्भार ३ वटा संस्थाहरू सामुदायिक विकास समिति, एकिकृत उपभोक्ता संघ र सुरक्षित नागरिक समाजले गर्ने गरि सम्झौता भएको समेत जानकरी दिए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..