संसद बैठकअघि सभामुख र प्रमुख सचेतकहरुबीच छलफल हुँदै

agni sapkota

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकअघि सभामुख अग्नि सापकोटाले सवा १२ बजे प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्ने तयारी गरेका छन् ।

agni sapkotaप्रत्येक बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा सभामुखले प्रमुख सचेतक तथा सचेतकहरुसँग बैठक सञ्चालनबारे सामान्य छलफल गर्ने परम्परा रहेको छ ।

दलका नेताहरुसँगको छलफलपछि कार्यसूचीमा उल्लेख नगरिएको विशेष समय र शून्य समयको व्यवस्था हुनसक्ने संघीय संसदका कर्मचारीहरुले बताएका छन् ।

सोमबारको बैठकमा संसदीय समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक कार्यसूची पेश गर्ने सम्भावित कार्यसूची छ ।

त्यस्तै प्रधानमन्त्रीका तर्फबाट केपी शर्मा ओलीका तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्ने तय भएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..