Hidden
आधा घण्टाभित्र बहस सक्न वकिलहरुलाई प्रधानन्यायाधीश जबराको रुलिङ
संसद विघटनविरुद्धको रिटमाथिको सुनुवाई सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले बहसका क्रममा कानून व्यावसायीहरुले धेरै समय लिन थालेपछि समय नै तोकिदिएका छन् । उनले बुधबार बहस सुरु हुनुपूर्व एक जनाले बढीमा ३० मिनेटभित्र बहस गरिसक्नुपर्ने रुलिङ गरेका हुन् ।
वकिलहरुले तीन घण्टादेखी ५ घण्टासम्म लगातार बोलेपछि अन्यको पालो नआउने भन्दै प्रधानन्यायाधीश जबराले समय छोट्याउन आग्रह गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमाथि लगातार सुनुवाई भइरहेको छ । उक्त मुद्दा हेर्न लागि प्रधानन्यायाधीश जबराले संवैधानिक इजलास गठन गरेका थिए । उक्त इजलासमा प्रधानन्यायाधीशतसहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर के सी रहेका छन् ।
बहसमा एउटै अधिवक्ताले लामो समयसम्म लिँदा मुद्दाको फैसलामा ढिलाइ हुने चिन्ता बढीरहेका बेला प्रधानन्यायाधीशले समय निर्धारण गरेका हुन्। प्रधानन्यायाधीश जबराले यसअघि बोल्ने वकिलहरुले अनवाश्यक रुपमा समय बर्बाद गरेको भन्दै तोकिएको विषयमा मात्रै बोल्ने गरी समय निर्धारण गरेका हुन् ।
प्रकासित मिति