ओलीको युथ फोर्ससँग भिड्न अनेरास्ववियुले बनायो अखिल फोर्स

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले बिहीबार अखिल फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववीयूले अखिल फोर्स गठन गरेको हो । ओली पक्षको युवा संघले सोमबारमात्रै क्षितिज थेबेको नेतृत्वमा युथ फोर्सको पुनर्गठन गरेको थियो ।

अनेरास्ववियुका सह–अध्यक्ष वासिम आलमका अनुसार बिहीबार आरआर क्याम्पसका स्ववियू सभापति तथा अनेरास्ववियुका नेता तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो ।

ओली पक्षले युथ फोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन आफूहरुले अखिल फोर्स गठन गरिएको नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए । अखिल फोर्स देशभरका क्याम्पस तथा जिल्लाहरुमा गठन गरिने उनले बताए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..