एक मात्र एमिकस क्युरी संसद विघटनको पक्षमा : फैसला ११ गते पछि

Amicus Curiae

Amicus Curiae

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटहरुको बहस शुक्रबार सकिएको छ। शुक्रबार सर्वोच्च बारको तर्फबाट एमिकस क्युरीका रुपमा गएकी गीता पाठक संग्रौलाले बहस गरेपछि संसद विघटन मुद्दाको बहस सकिएको हो।

बहस सकिएपछि सर्वोच्‍चले सोबारसम्‍म बहस नोट पेश गर्ने समय दिएको छ भने ११ गतेदेखि हेर्दा हेर्दैमा राखिएको छ। यस्तै बहसको निर्णय मिति नतोकिएको तर ११ गतेपछि जहिलेसुकै फैसला हुन सक्‍ने प्रधानन्‍याधीश चोलेन्द्र शमशेर राणाले बताए।

रिट निवेदकका तर्फबाट र विपक्षीका तर्फबाट दुई-दुई हप्ता बहस भएको थियो भने पछिल्लो सोमबारदेखि एमिकस क्युरीले बसह गर्दै आएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुष ५ गते प्रतिनिधिसभा भंगको घोषणा गरेकी थिइन्।

सुरुका १३ दिन रिट निवेदक पक्षका ७२ कानुन व्यवसायीले बहस गरेका थिए। त्यसको जवाफमा प्रधानमन्त्रीको तर्फबाट महान्यायाधिवक्ता, सरकारी वकिल र निजी कानुन व्यवसायी गरी ४८ जनाले ९ दिन बहस गरेका थिए।

00000ikay sarbochha supreme Final copy

त्यसको जवाफमा फेरि २ दिन रिट निवेदक पक्षका कानुन व्यवसायीले बहस गरे। यस्तै सभामुख पक्षका तीन कानुन व्यवसायीले पनि बहस गरेका थिए। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन्।

रिट निवेदकले संसद् विघटन असंवैधानिक भन्दै पुनर्स्थापनाको माग गरेका छन्। तर प्रधानमन्त्री पक्षले भने संसदीय व्यवस्थामा प्रधानमन्त्रीले विघटन गर्न सक्ने भन्दै रिट निवेदन खारेज हुनुपर्ने बताउँदै आएका छन्।

एमिकस क्युरीमा रहेका बहुमत अधिवक्ताको राय पनि संसद् पुनर्स्थापनाकै पक्षमा छ। एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक संग्रौला रहेका थिए। यीमध्ये मैनालीले मात्रै संसद विघटनको पक्षमा राय दिएका हुन्।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..