सर्वोच्च वारले गर्‍यो एमीकस क्युरी नियुक्त

सर्वाेच्च अदालत बार एशोसिएशन कार्यसमितिको मंगलवार बसेको बैठकले एमीकस क्युरी नियुक्त गरेको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा असार ९ बाट विघटनको मुद्दामा निरन्तर सुनुवाई हुँदैछ । जेठ ७ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् ।

प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वाेच्च अदालतले एमीकस क्युरीका लागि सर्वोच्च अदालत वार एशोसिएसनबाट २ जना कानुन ब्यबसायी पठाउन भनेपछि बरिष्ठ अधिवक्ताद्धय कोमल प्रकाश घिमिरे र प्रकाश केसीलाई एमीकस क्युरी नियुक्त गरिएको हो।

कार्यसमितिको बैठकबाट सर्वसम्मत निर्णय गरि पठाइएका वरिष्ठ कानुन ब्यबसायीहरुको नियुक्तिले सर्वाेच्च अदालतलाई मुद्दामा अपेक्षाकृत सहयोग पुग्ने सर्वोच्च वारले जनाएको छ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..