annapurna add

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छेउसिङ बस्ने ३९ वर्षीय चन्द्रबहादुर गुरुङको घर आज आगलागी हुँदा साढे सात लाख क्षति भएको छ ।

ढुङ्गा माटोले बनेको दुई तले खरको छाना भएको घरमा आगलागी हुँदा साढे सात लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट एक तोला सुन, नगद रु ४० हजार र अन्नपात, लत्ताकपडा र भाडावर्तन गरी रु सात लाख ५० हजार नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।

दुई पुस्तक विमोचन

युवा साहित्यकार आकाश अधिकारीद्वारा लिखित दुई पुस्तकको एकैसाथ आज विमोचन गरिएको छ । अधिकारीले लेख्नुभएको कविता सङ्ग्रह ‘आकाश खुल्दैछ’ र नाटक सङ्ग्रह ‘बिस्कुन बालुवाको’ को आज दमौलीमा विमोचन गरिएको हो ।

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताले मानिसलाई मृत्युपछि पनि चिनाउने माध्यम साहित्य रहेकोमा जोड दिनुभयो । साहित्यकार डिल्लीराम मिश्रले हरेक अभिव्यक्त गर्ने प्रमुख माध्यम साहित्य बनेको बताउनुभयो ।

शुक्ला साहित्य सङ्गमका संरक्षक शेषमणि आचार्यले गुणात्मक सिर्जना गर्न सके उक्त सिर्जना युग युगसम्म बाँच्न सक्ने बताउँदै समाजलाई अग्रगतिमा लैजान साहित्यकारले कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

गण्डकी वाङ्मय प्रतिष्ठानका संस्थापक अध्यक्ष काशीनाथ न्यौपानेले साहित्यकारले कृतिभित्र अलङ्कार भाषित गर्नुपर्नेमा जोड दिनुभयो । व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले साहित्यिक क्षेत्रको विकासका लागि नगरपालिका सदैव तयार रहेको बताउनुभयो ।

व्यास क्षेत्र विकास कोषका महासचिव विष्णुभक्त सिग्देलले समृद्ध नेपाल बनाउने अभियानमा साहित्यकारले कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

धेरै सम्भावनाका बीचमा छ ‘रुवीभ्याली’ ः मन्त्री दुलाल
वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले मानव विकासको सूचकाङ्कमा प्रदेशमै सबैभन्दा पछाडि परेको धादिङको रुवीभ्याली गाउँपालिकाको स्थलगत अवलोकन तथा भ्रमण गर्नुभएको छ ।

उहाँले प्रदेश सरकारले शुरु गरेको एकीकृत विकास कार्यक्रमलाई अझ बढी फलदायी बनाउन ती गाउँपालिकाको स्थलगत अवलोकन गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिनुभएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा मन्त्री दुलालले नामले निकै आकर्षक लाग्ने रुवीभ्याली आधुनिक समाजका सबै सेवा सुविधाबाट बञ्चित रहेको बताउनुभयो । “यातायात छैन, उपचारका लागि चिकित्सकीय सेवा छैन, १० कक्षाभन्दा माथि पढ्ने शैक्षिक संस्था छैन, सिँचाइको सुविधा छैन”, उहाँले भन्नुभयो, “धेरै सम्भावनाहरुका बीचमा छैनले घेरिएको छ रुवीभ्याली ।”

वाग्मती प्रदेशका ११९ स्थानीय तहमध्ये अति दुर्गम, सडक सुविधाविहीन र मानव विकास सूचकाङ्कमा पछाडि परेको स्थानीय तह हो, रुवीभ्याली ।

गणेश हिमालको काखमा अवस्थित यो क्षेत्र बहुमूल्य पत्थर रूवी, क्वार्टज, दुर्लभ कस्तुरी, रेडपाण्डा, प्राकृतिक तातोपानी, कालो कुण्ड, सेतो कुण्डलगायत प्राकृतिक सम्पदा रहेको पर्यटनको अपार सम्भावना बोकेको पूर्णजैविक कृषि व्यवस्था रहेको गाउँपालिका हो ।

तामाङ, गुरुङ, घले र थोरै सङ्ख्यामा विश्वकर्मा समुदायको बसोबास रहेको यो गाउँपालिकामा प्रदेश सरकारले एकीकृत विकास कार्यक्रम अघि बढाएको छ । “हामी चाँडै नै प्रतिवेदन तयार पारी सम्बन्धित ठाउँमा बुझाउँछौँ”, मन्त्री दुलालले भन्नुभयो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार