Hidden
अनेरास्ववियूको बागमती प्रदेश स्तरिय कार्यकर्ता भेला भोली हुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटन भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई भागमा विभक्त भएको छ । नेकपाको बहुमत खेमा प्रचण्ड-माधब समूह निकट अनेरास्ववियूको बहुमत खेमाले पनि देशब्यापी आन्दोलनको निरन्तरता अनुसार भोलि प्रज्ञा भवन कमलादीमा बागमती प्रदेश स्तरिय अगुवा कार्यकर्ता भेला गर्ने भएको छ ।
भोली १२ बजे प्रज्ञा भवन, कमलादीमा हुने कार्यक्रमलाई पार्टीका अध्यक्षद्वय प्रचण्ड र माधब नेपालले सम्बोधन गर्ने संगठनका सहसंयोजक तथा अनेरास्ववियू (बहुमत खेमा) का शिर्ष नेता रञ्जित तामाङ्गले बताए । प्रधानमन्त्रीले गरेको संबैधानिक कू का विरुद्ध अनेरास्ववियूले चरणवद्ध कार्यक्रम गरिरहेको छ ।
भोलीको कार्यक्रमका लागि व्यापक तयारी भैरहेको संगठनका केन्द्रिय नेता पवन कार्कीले बताए । 'प्रतिगमन विरुद्धको संघर्षमा सबै उठौ, माघ ४ गते १२ बजे प्रज्ञा भवनमा सबै जुटौ' भन्दै अनेरास्ववियूले कार्यक्रमको प्रचारप्रसार गरेको छ ।
प्रकासित मिति