प्रत्येक विद्यार्थीलाई हप्तामा कम्तिमा २० घण्टा रोजगारी माग्दै क्रान्तिकारीको ज्ञापन पत्र

167900377 4092286827495302 1143210469695180121 n

167900377 4092286827495302 1143210469695180121 n

अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविध्यालयमा १८ बुंदे ज्ञापन पत्र बुझाएको छ । आज एक कार्यक्रमका बीच संगठनका अध्यक्ष रञ्जित तामाङले त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटालाई ज्ञापन पत्र बुझाएका हुन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको ठोस र मुर्त कार्यतालिका यथासिघ्र सार्वजनिक गर्नेदेखि लिएर राजनीतिक भागवण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्ने प्रणाली खारेज गर्नुपर्ने संगठनका माग छन् ।

संगठनका अध्यक्ष तामाङ्गले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिगमन, महङ्गी र भ्रष्टाचारमा डुबेको वर्तमान सरकारको कुशासन एवम् कोभिड १९ का कारण हाम्रो शिक्षा क्षेत्र दिनप्रतिदिन अस्तब्यस्त वन्दै गइराखेको छ। राज्यले मुलुक सुहाउँदो मौलिक र बैज्ञानिक शिक्षा नीति निर्माण गर्न र शिक्षामा आवश्यक बजेट विनियोजन गर्न सकेको छैन। शिक्षामा नीति निर्माण गर्ने निकाय र नियमनकारी निकायहरु शैक्षिक दलाल र माफियाहरुको अनुचित दवाव र प्रभावमा पर्ने गरेका छन् संविधानमा व्यवस्था भए बमोजिम शिक्षा, स्वास्थ्य र रोजगार लगायतका मौलिक हकहरुलाई कानून निर्माण गरेर कार्यन्वयन गर्ने तत्परता नहुनु आज शिक्षा क्षेत्रमा देखिएका ज्वलन्त समस्याहरुको एउटा प्रमुख कारण बनेको छ ।

त्रिभुवन विश्वविद्यालय नेपालको सवैभन्दा पुरानो, सवैभन्दा धेरै विद्यार्थीको भार वोक्ने र विश्वका १ हजार अग्रणी विश्वविद्यालय भित्र पर्ने एक प्रतिष्ठित विश्वविद्यालय हो । यसलाई समयानुकूल थप गुणस्तरीय, व्यवस्थित र मर्यादित वनाउंदै लानुपर्ने आजको आवश्यकता हो । तर अनावश्यक राजनीतिक भागवण्डा, अनुचित खिचातानी र लेनदेनमा नै विश्वविद्यालयका पदाधिकारीहरुको अधिकांश समय खेर जाने गरेको छ। आफ्नो स्थापनाकालदेखि नै राष्ट्रियता, लोकतन्त्र , जनजिविका र शैक्षिक रुपान्तरणको आन्दोलनमा निरन्तर दवाव,जागरण र खबरदारी गर्दै नेपाली विद्यार्थी आन्दोलनको क्रान्तिकारी धाराको रुपमा स्थापित अखिल( क्रान्तिकारी) ले विगतमा पनि विभिन्न शैक्षिक मागहरु राखेर समय सापेक्षित आन्दोलन गर्दै आइरहेको कुरा स्मरण गराउन चाहन्छौं।’

संगठनका मागहरु निम्न छन् :

१) स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको ठोस र मुर्त कार्यतालिका यथासिप्र सार्वजनिक गरियोस्
२) राजनीतिक भागवण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्ने प्रणाली खारेज गरियोस्
३) त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा निजी ढंगले सञ्चालित सम्पूर्ण शैक्षिक कार्यक्रमको दायित्व विश्वविद्यालयले लिने व्यवस्था गरियोस्
४) विश्वविद्यालयका सबै क्याम्पसमा पढ्ने बेरोजगार विद्यार्थीहरुको लागि हप्ताको कम्तिमा २० घण्टा रोजगारीको ग्यारेण्टी गरियोस्।
५) कोभिड १९ र लकडाउनको समयावधिको सम्पूर्ण शुल्क मिनाहा गरियोस् ।
६) स्वास्थ्य बिमाको व्यवहारिक कार्यान्वयन गर्दै एउटा शैक्षिक कार्यक्रममा एकपटक मात्र विमा शुल्क लिने व्यवस्था गरियोस् ।
७) सेमेस्टर प्रणालीलाई प्रभावकारी बनाउन पाठ्यक्रम परिमार्जन, शुल्कमा एकरूपता वैज्ञानिक परीक्षा प्रणाली, समयमा नतिजा प्रकाशनको सुनिश्चितता हुनेगरी शैक्षिक क्यालेण्डर व्यवस्थित गरियोस् ।
८)आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा सञ्चालित शैक्षिक कार्यक्रमहरुको शुल्कमा एकरुपता कायम गरियोस्। साथै प्रत्येक वर्ष शुल्कवृद्धि हुने प्रणाली खारेज गरियोस् ।
९) विद्यार्थीहरुको आकर्षण र चापलाई मध्यनजर गर्दै त्रिविका आङ्गिक क्याम्पसहरुमा विज्ञान संकायतर्फ B.Sc. CSIT, BIT , व्यवस्थापन संकायतर्फ BBA, BIM, BHM, BTTM , मानविकी संकायतर्फ BSW, BCA र कानुन संकायतर्फ B.A.LL. B, LL.B जस्ता कार्यक्रमहरु प्राथमिकतापुर्वक विस्तार गरियोस् ।
१०) चिकित्सा शास्त्र अध्ययन संस्थानतर्फ MBBS र MD, नर्सिङतर्फ BN., B.Sc Nursing , MN., M.Sc. Nursing , B.Pharm , M.Pharm , BPH र MPH, जस्ता विषयको सिट क्षमता दोब्बर बनाइयोस् ।
११) इन्जिनियरिङतर्फ प्रत्येक प्रदेशमा आंगिक क्याम्पस विस्तार गरी मौजुदा क्याम्पसहरुमा सिट क्षमता वृद्धि गरियोस् ।
१२) इन्जिनियरिङ, ब्यवस्थापन विज्ञान र आइटी जस्ता शैक्षिक कार्यक्रमहरुमा शुल्क निर्धारण समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गरियोस् ।
१३) विश्वविद्यालयको प्रशासनिक सेवालाई प्रविधिमैत्री बनाउँदै अविलम्ब अनलाइन र डिजिटल प्रणाली अवलम्वन गरियोस् ।
१४) व्यवहारिक रुपमा कार्यान्वयन हुनेगरी नेपालको माटो सुहाउँदो अनुसन्धान पद्धतिको व्यवस्था गरियोस्।
१५) अङ्ग्रेजी र नेपाली दुबै भाषामा उत्तर लेखन मिल्ने सबै विषयका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुबै माध्यममा हुने व्यवस्था गरियोस्।
१६) हाल सम्म बाँकी रहेका पुराना सम्पुर्ण शैक्षिक कार्यक्रमहरु र विषयहरूको मौका परीक्षाको व्यवस्था गरियोस् ।
१७) त्रिविमा अहिलेसम्म रहेका करार, आंशिक र ज्यालादारी कर्मचारी तथा प्राध्यापकहरुको उचित व्यवस्थापन गर्दै आगामी दिनमा त्रिवि सेवा आयोगको खुल्ला प्रतिस्पर्धाबाट आउने दक्ष र योग्य जनशक्तिलाई मात्र नियुक्त गर्ने प्रक्रिया सुनिश्चित गरियोस् ।
१८) विश्वविद्यालय र हाम्रो संगठनको विचमा विगतमा भएका सहमतिहरु यथासिघ्र कार्यान्वयन गरियोस् ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..