कोरोना कहर : अनेरास्ववियु दोलखाका सबै कार्यक्रम स्थगित

सत्तारुढ नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु दोलखाले आफ्ना सबै पुर्व निर्धारित कार्यक्रम स्थगित गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै संगठनका संयोजक राजकुमार ढुंगेलले सबै कार्यक्रम कोरोना महामारीका कारण प्रभावित बन्न पुगेका हुँदा हाललाई स्थगित गरेको बताए ।

संगठनको बैशाख ३ को विस्तारित बैठकको निर्णय अनुसार बैशाख १७ र १८ गते जिल्ला स्तरिय प्रशिक्षण गर्ने तय भए पनि विश्वब्यापी कोरोना भाईरसका कारण स्थगित हुन पुगेको छ । संगठनले सबै नागरिकलाई स्वास्थ्य मापदण्डको लागु गर्न र सचेत रहन अपिल पनि गरेको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..