ताजा जनादेशको माग गर्दै अनेरास्ववियु सडकमा

ताजा जनादेशको माग गर्दै सत्तारुढ नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले सडकमा प्रदर्शन गरेको छ । अनेरास्ववियुले शुक्रवार काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो । कार्यक्रममा संगठनका अध्यक्ष ऐन महर लगायत अन्यको सहभागिता रहेको थियो ।

विद्यार्थीहरूले ‘वि वान्ट इलेक्सन’ को नारा लगाएका थिए । उनीहरूले कांग्रेस, माओवादी केन्द्र सम्मिलित गठबन्धनलाई निर्दलीय गठबन्धनको संज्ञा दिएका छन् । ‘राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध एकजुट बनौं, ताजा जनादेशको पक्षमा जनमत सिर्जना गरौं’ भन्ने नाराका साथ अनेरास्ववियु सडकमा उत्रेको हो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..