खैरो हेरोइनसहित ३४ वर्षीया आशा विष्ट पक्राउ

कैलालीको धनगढीबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एकजना युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डडेलधुराको अजयमेरु गाउँपालिका घर भएकी ३४ वर्षीया आशा विष्ट छिन् ।

उनको साथबाट ९ ग्राम २७० मिलिग्राम ब्राउन सुगर र ४४ ग्राम ७७० मिलिग्राम चरेस बरामद गरिएको जिप्रका कैलालीले जनाएकाे छ।

वडा प्रहरी कार्यालय धनगढी बाट खटिएको टोलीले उनको डेराबाट सो लागुऔषध बरामद गरेको हो । आरोपीबिरुद्ध लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जानएकाे छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..