राष्ट्रियसभा निर्वाचनमा रामबहादुर थापालाई मतदान गर्न काभ्रे एमालेको निर्देशन

नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीले जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामवहादुर थापा बादलको पक्षमा सूर्य चिन्हमा मतदान गर्न जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।

नेकपा (एमाले) का जिल्ला अध्यक्ष तथा धुलिखेल नगरपालिकाका मेयर अशोक व्यान्जुले आज एक बिज्ञप्ति जारि गर्दै उक्त कुरा बताएका हुन् । काभ्रेमा दुईजना प्रदेशसभा सदस्य, एकजना मेयर र एकजना उपमेयर माधव नेपाल पक्षका छन् । मतदाता रहेका सबै जनप्रतिनिधिलाई पार्टीको पक्षमा उभिन आग्रह गरिएको जिल्ला अध्यक्ष व्यान्जुले बताए ।

जसमा जेठ ३ गतेसम्म कोरोना परीक्षण रिपोर्ट लिइसक्न तथा जेठ ५ गते साँझसम्म हेटौडा पुगेर बादलको पक्षमा मतदान गर्न भनिएको छ । व्यान्जुले कुनै प्रचारबाजीमा वा भ्रममा नपरी पार्टीका उम्मेदवारको पक्षमा खडा हुनु जनप्रतिनिधिको दायित्व रहेको बताए । माधव नेपाल पक्षले कांग्रेस र माओवादीसँग गठबन्धन गरेर खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ । देवकोटाको चुनाब चिन्ह कलम छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..