देउवालाई ७ चोटि प्रधानमन्त्रीको भविष्यवाणी गर्ने ज्योतिषको खोजी

हिजाे सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनासहित काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश दियो ।

सर्वोच्चको फैसलासँगै देउवानिवास बूढानीलकण्ठमा काँग्रेसका नेता–कार्यकर्ताहरु भेला हुन थालिसकेका थिए ।

यसै क्रममा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देउवालाई ७ पटक प्रधानमन्त्री बन्ने योग रहेको बताउने ज्योतिषसँग भेट्न चाहेको बताए । शर्माले भने, ‘सभापतिज्यू तपाईंको ज्योतिषसँग एकपटक मैले पनि भेट गर्नुपर्ने देखियो । मलाई भेट गराउनुपर्यो ।’

शर्माले यति भनेपछि उपसभापति विमलेन्द्र निधि बोले, ‘भाइहरूको पालो मेरोपछि आउँछ, पहिले त मैले पो भेटिनुपर्ने भयो ।’

विमलेन्द्र र विश्व प्रकाशको कुरा सुनिसकेपछि सबै नेताहरु हाँसे । त्यहाँ उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्रीद्वय प्रकाशशरण महत, सुनिलबहादुर थापा, पूर्वसहमहामन्त्री रामशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, सांसदहरु डिला संग्रौला, बहादुरसिंह लामा, मानबहादुर विश्वकर्मा र उमाकान्त चौधरीलगायत उपस्थित थिए ।

गत आम चुनावका क्रममा ०७४ कात्तिक ३० गते देउवाले आफूलाई ज्योतिष ‘सात पटक प्रधानमन्त्री हुने योग रहेको बताएको’ भनेका थिए । नेपालीहरु ज्योतिषीप्रति विश्वास गर्ने भएकाले सो कुरा भएको देउवाको भनाइ थियो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..