अमेरिकी राष्ट्रपतिको निवास नजिकै गोलि चल्यो

A Secret Service agent walked on stage and whispered into President Trumps ear when the briefing was under way

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कसैमाथि राष्ट्रपति कार्यालय ह्वाइट हाउस नजिकै गोली प्रहार भएकाे बताएका छन् । ह्वाइट हाउसमा भएको नियमित पत्रकार सम्मेलन आकश्मिक रुपमा त्यहाँबाट गएका थिए । उनलाई गुप्तचर निकयाका एजेन्टले विशेष जानकारी दिएपछि पत्रकार सम्मेलन छोडेर भित्र गएका हुन् ।

उनको सुरक्षामा खटिएका ती एजेन्ट पत्रकारको प्रश्नको जवाफ दिइरहेका बेला स्टेजमा गएर ट्रम्पको कानमा केही बताए । ट्रम्पले ‘ओहो’ र ‘के भइरहेको छ’ भनेको सुनिभएको बिबिसीले उल्लेख गरेको छ । त्यसपछि उनी ब्रिफिङ्ग स्थलबाट बाहिरिए । घटना हुँदा ह्वाइट हाउस लकडाउन गरिएको थियो ।

ट्रम्पले भनेका छन्, ‘ह्वाइट हाउस बाहिर गोली चलेको हो । अहिले अवस्था नियन्त्रणमा छ । एकजनालाई अस्पताल लगिएको छ । तर ती व्यक्तिको अवस्था मलाई थाहा छैन ।’ गुप्तचर निकायले पनि गोलीकाण्ड भएको र थप विवरण आउन बाँकी रहेको उल्लेख गरेको छ।

 

 

Kantipath Media

यो छुट्टाउनु भो कि..