बादललाई चुनाव हराउँदा एमालेका यी १४ सांसदको पद धराप : २४ घण्टे स्पष्टिकरण

नेकपा एमालेले वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार रामवहादुर थापालाई पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै १४ जना प्रदेश सांसदलाई कारवाही अघि बढाएको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा आज बसेको संसदीय बोर्डको बैठकले अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेसहित १४ जनासँग २४ घण्टे स्पष्टिकरण माग्ने निर्णय गरेको छ ।

आफ्नै पार्टीका उम्मेवारलाई पराजित गर्न अगुवाई गरेको भन्दै १४ जना प्रदेश सभा सदस्यलाई आइतवार साँझ ५ बजेसम्म स्पष्टिकरण पेश गर्न भनिएको छ ।

स्पष्टिकरण सोधिएका प्रदेशसभा सदस्यहरु माधव नेपाल पक्षका नेता अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, बसन्त मानन्धर, रचना खड्का, कृष्ण प्रसाद शर्मा, शान्तिप्रसाद पौडेल, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, मिना ज्ञवाली, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, कुसुम कार्की र पार्वती सिलवाल छन् । प्रदेशसभामा ५६ जना एमाले सांसदमध्ये माधव पक्षमा २२ जना छन् । बादलका लागि एमालेका आफ्ना १४ सांसद कारबाही हुन लागेका हुन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..