हिजो फकाएका बादल आज गर्जिएपछि

Ram BhADUR Thapa Badal Mantri

प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राखेपछि कृषिमन्त्री घनाश्याम भुसालले विरोध गरे । संसद विघटन गर्ने कदम सामूहिक आत्महत्या हुने भन्दै उनले प्रतिवाद गरे । यसो गरिए कम्युनिस्ट आन्दोलनका लागि ठूलो धोका हुने भुसालले बताए । अहिले जे-जसरी भए पनि पार्टी एकता बचाउनुपर्ने र छलफलबाट समस्याको समाधान गर्न सकिने भन्दै मन्त्री भुसाल प्रधानमन्त्रीलाई संसद विघटनको कदम नचाल्न आग्रह गरे ।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पनि संसद विघटनको साटो पार्टीभित्र संवाद गर्न प्रधानमन्त्रीलाई सुझाए । उर्जामन्त्री वर्षमान पुनले पनि प्रधानमन्त्रीको कदमको विरोध गरे । संसद विघटनको विकल्पमा नजान सुझाए । केपी ओली पक्षकै नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि संसद विघटनको विरोध गरे । उनले ‘यसो गर्दा संवैधानिक, राजनीतिक हैसियत के हुन्छ, यसबारे विचार गर्नुपर्छ भनेको एक मन्त्रीले जानकारी दिए ।

संसद् विघटनका बारेमा सबैभन्दा चर्को विरोध गृहमन्त्री रामबहादुर थापा, कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसाल, ऊर्जामन्त्री वर्षमान पुन, पराराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले विरोध गरेका थिए ।

गृहमन्त्री थापाले प्रधानमन्त्री ओलीले निर्णय सुनाउँदै गर्दा यस्तो निर्णय नलिन आग्रह गरेका थिए । संसद् विघटन गर्नुपर्ने केही कारण नभएको र पार्टीमा छलफल भइरहेका बेला यो निर्णयले अर्को राजनीतिक मोड लिने भन्दै प्रधानमन्त्रीलाई संसद् विघटन नगर्न सुझाव दिएको बैठक उपस्थित एक मन्त्री बताउँछन् । साथ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली राजनीतिक सन्देश राम्रो नराम्रो भन्दै ससंद् विघटनको निर्णय रोक्न प्रधानमन्त्रीले आग्रह गरेका थिए ।

मन्त्री ज्ञवालीले संसद् विघटन गर्दा देश अझ संकटमा फस्ने भन्दै प्रधानमन्त्रीलाई यो निर्णय तत्काल नगर्न आग्रह गरेको ती मन्त्रीले जानकारी दिए ।

यसैगरी, ‘प्रधानमन्त्रीज्यू तपाईंले को-कोसँग सल्लाह गरेर संसद् विघटनकाे सिफारिस गर्दै हुनुहुन्छ । यो निर्णय तत्काल रोक्नुहोस्’ भन्दै ऊर्जामन्त्री पुनले विरोध गरेको ती मन्त्रीले जानकारी दिए । अर्को सामान्य प्रशासनमन्त्री त्रिपाठीले समेत संसद् विघटनको विरोध गरेको उनको भनाइ छ ।

मन्त्रीहरूले संसद् विघटनको विरोध गर्न थाले पनि प्रधानमन्त्री ओलीले ‘मन्त्रीज्यूहरू कराउँदै विरोध गरिरहनुहोस्, बैठक सकियो । अन्तिम निर्णय यही हो । सम्बन्धित ठाउँमा खबर गर्नुहोला’ भनेर बैठक कक्षबाट हात हल्लाउँदै बाहिरिएको बैठकमा उपस्थित मन्त्रीहरूले जानकारी दिए । चार मन्त्री बोलेपछि प्रधानमन्त्री ओली ल ठीक छ भन्दै बैठकबाट उठेका थिए । लगत्तै संसद विघटन र २३ वैशाखमा आम चुनावको प्रस्ताव लिएर उनी राष्ट्रपति कार्यालय पुगेका थिए ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..