annapurna add

kp oli and ram bahadur thapa badal

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्‍याएका छन् । शनिबार सवा ३ घण्टा बसेको सचिवालय बैठकमा पार्टीभित्रको संकट समाधानमा सहमति नजुटेपछि नेताहरुले दुवै प्रतिवेदन तल्लाका कमिटीमा लगेर छलफल गर्दै निर्णयमा पुग्ने बताएका थिए । नेताहरुले यस्तो धारणा राखेपछि अध्यक्ष ओलीले जहाँ गएपनि आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान दोहोर्याएका हुन् ।

‘जहाँ गएपनि म प्रधानमन्त्री पनि छाड्दिन, अध्यक्ष पनि छाड्दिन,’ ओलीले बैठकमा भनेको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘यो स्थायी समिति पनि काम छैन । यसले केही काम पनि गर्न सक्दैन ।’ दुबै प्रतिवेदन स्थायी कमिटीमा जाने र बाहिर आएजस्तो ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने भन्ने भनाइप्रति संकेत गर्दै ओलीले यस्तो बताएका हुन् ।

ओलीले यस्तो बताएपछि आइतबारका लागि स्थायी समिति बैठक बोलाइएको छ भने ओलीले अब स्थायी समितिको फेस गर्नुपर्ने भएको छ । स्थायी समितिमा दुबै अध्यक्षको प्रस्ताव छलफलका लागि पेश हुनेछ भने ओलीलाई दुईमध्ये एक पद छाड्न बाध्य बनाउने रणनीति इतर समूहको छ ।

बैठकमा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले दुबै अध्यक्षको प्रतिवेदनलाई मिलाएर साझा प्रस्ताव तयार पार्न सचिवालयमै कार्यदल गठन गरौं भन्ने प्रस्ताव राखेका थिए । बादलको प्रस्तावलाई तत्कालै महासचिव विष्णु पौडेल र अर्का नेता ईश्वर पोखरेलले समर्थन जनाए ।

महासचिव पौडेलले वामदेवकै नेतृत्वमा स्थायी कमिटीका केही सदस्यलाई समेत राखेर कार्यदल बनाउने प्रस्ताव राखे । तर, उपाध्यक्ष गौतमले त्यस्तो कार्यदलको औचित्य नहुने र आफू कार्यदलमा नबस्ने बताए । जे निर्णय गर्ने हो, स्थायी कमिटीमा छलफल गरेर त्यहीँबाट हुनुपर्ने गौतमले बताएपछि आइतबार दिउँसो १ बजेका लागि स्थायी कमिटीको बैठक डाक्ने टुंगोमा सबै नेताहरु पुगेको स्रोतले बतायो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार