युवाहरुले किन लगाए गृहमन्त्रीका छोरालाई बलात्कारको आरोप ?

grihamantri ko xora balatkari news

grihamantri ko xora balatkari news

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बैतडीकी १७ वर्षीया किशोरीको विभत्स हत्याको सत्यतथ्य पत्तालगाई सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेको छ। शनिबार अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले एक विज्ञप्ति प्रकाशित गर्दै भागरथीको बलात्कारपछि हत्या भएको घटनाले आफूहरु स्तब्ध र मर्माहत भएको बताएका छन्।

बुधबार विद्यालय हिँडेकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट बिहीबार साँझ घरनजिकैको जंगलमा मृत भेटिएकी थिइन्। घटनाको अनुसन्धान अहिले जारी छ।निर्मला पन्तको हत्याराले न्याय नभएको जनआक्रोस सेलाउन नपाउँदै सोही प्रकारको अर्को घटना हुनुले राज्यसंयन्त्र शान्ति सुरक्षा दिन असफल भएको प्रमाणित भएको नेकपाको ठहर छ।

पन्तको घटनामा जस्तै यो घटनामा पनि गैरजिम्मेवार नबन्न र घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न समेत नेकपाले माग गरेको छ।

147280750 3219927451440049 4938690318761648427 n

‘डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आमजनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिने राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गरि दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौं।’

नेकपाले मृतक भट्टप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ। भट्टका हत्यारालाई कारबाहीको माग गर्दै नेकपा (दाहाल–नेपाल)को विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ।

147238871 2988925204723462 6206042017864062616 n

अनेरास्ववियूले शनिबार राजधानीको माइतिघर मण्डलामा भागरथीका हत्यारालाई सार्वजनिक गरी कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरुले ‘बलात्कारीलाई फाँसी दिने कानुन निर्माण गर’, ‘महिला हिंसा बन्द गर’ लगायतका नारा लगाएका थिए। बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया भागरथीको घर नजिकैको जंगलमा शव भेटिएको थियो।

बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव जंगलमा फेला परेको थियो। उनको बलात्कारपछि हत्या गरिएको प्रहरीको आशंका छ। भागरथी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्।

147502528 429799528357860 2058321420610573761 o

Kantipath Media

यो छुट्टाउनु भो कि..