आफ्नो नाम नहुने कमिटी ब्युँताउने बैठकमा बादल पक्ष पनि सहभागी

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । आजकै बैठकले महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी छ । मंगलबार बसेको स्थायी कमिटीको बैठकले पार्टीलाई २ जेठ २०७५ मा पुर्‍याउने औपचारिक निर्णय गरेको थियो । माधव नेपाल पक्षले पार्टीलाई २ जेठको अवस्थामा पुर्‍याउनु पर्ने माग गर्दै आएको थियो ।

यसअघि सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीमाथि पनि प्रश्‍न उठाएको थियो । एमालेले कारबाही गरेका कर्णालीका चार सांसदलाई पुनर्बहाली गर्दै सर्वोच्चले महाधिवेशन आयोजक कमिटीमाथि प्रश्‍न उठाएपछि ओली एकतापूर्वको कमिटी ब्युँताउन दबाबमा परेका थिए ।

सर्वोच्चको गत २३ फागुनको फैसलाबाट एमाले र माओवादी ब्युँताएपछि एमालेको २८ फागुनको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । उक्त निर्णयमा नेता नेपाल समूह असन्तुष्ट रहँदै आएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहानबाटै चहलपहल देखिन्थ्यो । यो बैठक यसकारण पनि रोचक छ कि महाधिवेशन आयोजक कमिटीले आफैलाई विघटन गर्नेछ । साथै बैठकको अर्को रोचक पक्ष के छ भने अतिथि बनेर मञ्चमा आसिन रामबहादुर थापा ‘बादल’ र लेखराज भट्ट लगायतका पूर्व माओवादीका नेताहरुलाई आजदेखि एमाले केन्द्रीय कमिटीले नचिन्ने अवस्था आउने छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..