बादल आउट : मन्त्रीमा श्रीमतीको इन्ट्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। बिहीबार नै मन्त्रीहरूकाे शपथ गराउने तयारी छ। एमाले नेता विष्णु रिजालका अनुसार सात मन्त्री र एक राज्यमन्त्री थपिँदैछन्। उनीहरूको आज दिउँसो ४ बजे शपथ ग्रहण हुने रिजालले सामाजिक सञ्जालमा लेखेका छन्।

गृहमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा, वनमा नारदमुनी राना, कृषिमा ज्वालाकुमारी शाह, उद्योगमा जसपाका राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडी, प्रधामन्त्री कार्यालयमा रहने गरी मोहन बाँनियालाई समेत मन्त्री बनाउने चर्चा छ। वन राज्य मन्त्रीमा आशा विककाे चर्चा छ। रक्षा मन्त्रालय प्रधानमन्त्री आफैंले राख्नेछन्।

शुक्रबार प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबाट ८ मन्त्री र २ राज्यमन्त्री थपेका थिए। सर्वोच्च अदालतको आदेशपछि गृहमन्त्री पद गुमाएका रामबहादुर थापा बादल श्रीमतीलाई मन्त्री बनाउन सफल भएका छन् । पूर्व माओवादी खेमाका उनले श्रीमती नैनकला थापालाई मन्त्री बनाउन सफल भएका हुन् । यसअघि थापा महिला आयोगमा थिइन् । यसअघि रघुवीर श्रेष्ठले पनि श्रीमती जुली महतोलाई मन्त्री बनाउन सफल भएका थिए । अहिले जुली पदमुक्त भएपछि महासेठ आफै मन्त्री बनेका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..