पुनर्वासमै पहिलोपटक रामबस्तीमा खुल्ला ब्यटमिन्टन प्रतियोगिता हुने(सुचनासहित)

btnewsकिशोर तामाङ पुनर्वास । कञ्चनपुरको दक्षिणी भेग पुनर्वास स्थित रामबस्तीमा खुल्ला ब्यटमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ ।

शुभ-दिपावली २०७६को अवसर पार्दै राम युवा क्लावले आफनै घरेलु मैदान स्थित गोर्खा नि.मा.बि.को प्रङगाणमा पुनर्वास क्षेत्रमा खेलकुदको दुनियामा नयाँ आयम कायम गर्ने हेतु पहिलो खुल्ला ब्याटमिन्टन प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

यस अघि पुनर्वासमा फुटबल ,भलिबल,क्रिकेट लगायत अन्य खेलहरु बिभिन्ना क्लाबहरुले आयोजना गरिएको भएता पनि ब्याटमिन्टन खेलको सन्दर्भमा क्लब मार्फत आफुहरुले पहिलो पटक आयोजना गर्न लागेको आयोजकको दावी छ ।

ब्याटमिन्टन खेल लिग र नक आउट दुवै प्रणालीबाट खेलाईने भर्एको हुदा ब्याटमिन्टन खेलाडीहरुका लागि आफ्नो खेल प्रदर्शन गर्ने अवसरको रुपमा लिन सक्ने छन भने उक्त खेल दर्शक सामु निकैनै रोमान्चाक हुन सक्ने देखिन्छ ।

ब्याटमिन्टन खेलमा सहाभागी हुनका लागि यहि मिति २०७६ कार्तिक ८ गते दिऊसो ३ बजे सम्म दर्ताको समय रहेको र ईच्छुक सहाभागीले दर्ता शुल्क स्वारुप रु १५ सय दर्ता शुल्क जमा गर्नु पर्ने खेल संयोजक लालमन तामाङले जानकारी दिनुभयो ।

खुल्ला ब्याटमिन्टन खेलमा बिजेतालाई नगद रु ७ हजार ७ सय ७७ रुपैया सहित ट्रफी प्रदान गरिने र उपाबिजेतालाई ५ हजार ५ सय ५५ रुपैया प्रदान गरिने खेल आयोजक राम युवा क्लावका अध्यक्ष शुक बहादुर तामाङले बताउनुभयो ।

खेल दिपावाली अवधिभरी सञ्चालन हुनेछ ।

btnews2

Kantipath Media

यो छुट्टाउनु भो कि..