संसद विघटन : बैशाख २३ मा आम चुनावको प्रस्ताव

afsfjghjkalkdlsa

प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् ।

यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ। संसद विघटन गर्ने प्रस्ताव बोकेर नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शितल निवासतिर गएपछि उनीसँग असन्तुष्ट रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच जना सचिवालय सदस्य खुमलटारमा भेला भएका छन्।

परिस्थिति जटिल बनेकाले आफूहरु भेला भएको खुमलटारबाट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देशसञ्चारलाई जानकारी दिए। भेलामा प्रचण्ड, खनाल, पार्टीका अर्का वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सामेल भएका हुन्।

Kantipath Media

यो छुट्टाउनु भो कि..