बाजुरामा किटनासक औषधी छर्कियो

Bajura pesticide sprayedप्रमित विक बाजुरा : कोरोना भाइरसको जोखिम घटना मार्तडी बजार क्षेत्रमा किटनासक औषधी छर्किएको छ । बडिमालिका नगरपालिका, कृषि ज्ञान केन्द्र, स्वास्थ्य कार्यालय बाजुरा र समरजीत गुल्मको सयुक्त सहकार्यमा बजार क्षेत्रमा किटनासक औषधी छर्किएको हो ।

मार्तडी बजार क्षेत्रका चहल पहल बढी हुने न्यूरोड, अस्पताल क्षेत्र, माथिल्लो बजार, प्रशासन कार्यालय आसपास पर्ने खुला क्षेत्रमा कोरोना भाइरसको जोखिम कम गर्न किटनासशक औषधी छर्किने कार्य गरिएको नगर प्रमुख पदम बडुवालले बताएका छन् ।

आवत जावत र फोहरका कारण भाइरस फैलिएको हुन सक्ने र जसका कारण संक्रमण फैलिने जोखिम हुँदा पूर्व सतर्कताका लागि औषधी छर्किएको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।

समरजीत गुल्मबाट औषधी छर्किने प्राविधिक खटिएका थिए, भने स्वास्थ्य कार्यालय र कृषि ज्ञान केन्द्रबाट भाडाहरुको प्रयोग गरिएको थियो । सीमित स्रोत–साधन छ, त्यसैलाई पुग्ने स्थानमा छर्किएर जोखिम कम गर्ने विकल्प स्वरुप औषधी छर्किएको हो ।

सदरमुकाममा मानव आवत जावत नियमित भईरहने र उपचारका लागि पनि अस्पताल आउन विरामी आइरहने अवस्था भएकोले बाटो, कार्यालय छेउछाउ र क्वारेन्टाइन बनाईएको मालिका मावि क्षेत्रमा औषधी छर्किएको नगर प्रमुख बडुवालले बताएका छन् ।

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको लक डाउन अभियानमा सघाउन पनि औषधीले काम गर्ने भएको छ । औषधी छर्किएको स्थानमा सहज आवत जावत, बसाइ गर्न नमिल्ने गरि सचेत गराईएको छ । सुरक्षा संवेदनशिलता बारे स्थानीय सचेत नहुँने देखिएपनि औषधी छर्किएर जोखिम कमका लागि विकल्प रोजिएको हो ।

कोरोनाको संक्रमण जोखिम बाजुरामा पनि बढी नै देखिएको छ । भारतका विभिन्न शहरबाट आएकाहरु गाउँमा भित्रिएका छन् ।

भने अधिकांशले कुनै जानकारी विनै चेकजाँच नगराएर घरमा बसेका छन् । हाल ३४ जना मार्तडी, २ जना बुढीगंगा, २ जना गौमुल र १० जना त्रिवेणीमा क्वारेन्टाइनमा बसेका छन् ।

बुढीनन्दा नगरपालिकामा क्वारेन्टाइनमा बसाउनु पर्नेलाई नगरले वास्ता नगरेपछि मुम्मईबाट आएरपनि घरमै बस्ने गरेको पाईएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..