३ करोड भ्रष्ट्राचारका विषयमा बोल्दा स्वबियु सभापति विरुद्ध मिडियाबाजी

100063190 2979036978879148 4211529391542370304 nकेहि समय अघिदेखि मेलम्ची बजारमा खानेपानीमा भएको भ्रष्ट्राचारको विरुद्ध आवाज उठाउदा इन्द्रावती क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन सभापति बालकृष्ण दुलाल बिरुद्ध मिडियाबाजी र धम्कीपूर्ण भाषाका शृंखलाहरू सुरु भएका छन् । मेलम्ची बजारको खानेपानी समस्या समाधानका लागि खानेपानी डिभिजन कार्यालय सिन्धुपाल्चोकबाट ३ वर्ष अगाडी ३ करोड रुपैंया बजेट बिनियोजन भएको थियो । काम सम्पन्न भयो भन्दै उपभोक्ता समितिले ३ करोड कै भुक्तानी लिएको तर बजार क्षेत्रमा खानेपानी आयोजनाका पाईप अलपत्र अवस्थामा देख्न सकिन्छन । यो अनियमितताको सन्दर्भमा सभापति दुलालले विभिन्न फोरमहरुमा आवाज उठाउदै आएका थिए तर प्रायोजित रुपमा उनीविरुद्ध मिडियाबाजी र अनर्गल प्रचार सुरु गरिएका छन् । कान्तिपथसंग कुरा गर्दै उनले भने ‘भ्रष्ट्राचार र कुरीतिका विरुद्ध अन्तिमसम्म सामना गर्ने हो, पछि हट्ने कुरा हुदैन । मूलत: दुइटा कुरा देखिन्छ । १. परिस्थिति जटिल हुन सक्छ २. जटिल बनाउन सकिन्छ । मलाई लाग्छ यहाँ विषय बस्तुको अध्यन नगरी जटिल बनाइयो । मूलतः को कस्तो भन्ने कुरा अनुहार र पहिरनले होइन उसले बोकेको विचार र समाज प्रतिको जिम्मेवारीले मूख्य भूमिका खेल्छ ।

100055957 173861630708132 1020462097563123712 nखग्रास सूर्य ग्रहण लाग्दा अब सधैं रात हुन्छ भन्ने मानसिकता बोकेकाहरुले यो पनि बुझ्न सक्नु पर्थ्यो कि केही बेरमा ग्रहण हट्छ भन्ने कुरा । त्यसैले कृतिम समस्या खडा गरि समाजमा अन्योलता सिर्जना गर्नु भनेको सामाजिक मर्यादा र न्यायको खिल्ली उडाउनु हो । विना तथ्य प्रमाण व्याक्तिगत रुपमा कसैको चरित्र माथी औंला उठाउनु भन्दा पहिला यथार्थको धरातलमा बसेर मनन गर्न सक्नु पर्थ्यो । मैले मेलम्ची बजार बासी माथी भएको अन्याय र खानेपानीमा भएको भ्रष्टाचार बिरुद्ध आवाज उठाउदा केहि उक्त समितिमा रहेका नेपाली काङ्ग्रेस निकट व्यक्तिहरुले म र मेरो चरित्र माथी आक्रमण गर्न खोजिरहेका छन । तर हेक्का रहोस म अब पछि हट्ने छैन र सम्पूर्ण भ्रष्टाचारिहरुको कालो कर्तुत बाहिर ल्याएर छाड्छु ।

100073698 539378583606292 5219137395017908224 nभ्रमको खेती गरेर रोटी सेक्नेहरु र प्रोपोगन्डा मच्चाएर आत्मरती लिनेहरुले बुझ्नु पर्छकी सामाजिक यात्रा लामो छ भनेर । गर्बका साथ भन्न मन लाग्छ भ्रम छरेर होइन गरेर देखाऊ । खाएको विष लाग्छ नखाएको त लाग्दैन नि । समय लाग्ला तर सत्य बाहिर आउँछ, आउनु पर्छ र दुरुस्त भएर आउँछ । स्वाभिमान माथी खेल्न नखोज । नियत के हो ? हामीलाई प्रष्ट थाहा छ । जब नियतको पर्दाफास गर्नै पर्ने समय आउँछ त्यतिबेला तिमीहरुको स्थिती के हुन्छ ? सोचेका छौ । हामी सकेसम्म सामाजिक सद्भाव नखल्बलियोस भन्ने चाहन्छौं तर अन्याय सहन सक्दैनौ । तिमीहरु लाख कोसिस गर तर यथार्थ बदल्न सक्दैनौ किनकी तिमिहरु गलत छौ र तिमिहरुमा नैतिकता भन्ने चिज नै छैन । च्यालेन्जका साथ भन्दै छु हातले सूर्यलाई छेक्छु भन्नेहरु र हामीमाथी नियत साध्न खोज्नेहरु लाजले पानी पानी भएर टाउको टाङमुनी छिराएर हिड्ने दिन नआओस । त्यसैले बेलैमा सामाजिक प्राणी भएर ठण्डा दिमागले सोच अब स्वाभिमानको लडाइँ शुरु भयो । स्वतन्त्र विद्यार्थी युनियन इन्द्रावती क्याम्पस र सम्पूर्ण मेलम्चीको युवाहरु मिलि अब यस्ता नगर भित्र भएका सम्पूर्ण भ्रस्टाचार बिरुद्ध लड्ने घोषणा गर्दछु ।’

89437574 952305925172074 5377722495417712640 n

Kantipath Media

यो छुट्टाउनु भो कि..