बामदेव फेरी ओली कित्तामा : सहमतिका लागि छ बुंदे प्रस्ताव

Didnt advise PM Oli to resign Gautam

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको समीकरणमा फेरबदलको संकेत देखिएको छ । यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपीतिर लागेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली नै पाँच वर्ष पार्टी अध्यक्ष र सरकार प्रमुख रहने प्रस्ताव गरेका छन् । पछिल्लाे समय पार्टीभित्र पद बाँडफाँडमा नेताहरुबीच विवाद उत्पन्न भएपछि उपाध्यक्ष गौतमले मध्यमार्गी उपाय अवलम्बन गरेका हुन् । उनले दुवै अध्यक्षलाई मिलेर अगाडि बढ्नका लागि यस्तो प्रस्ताव अगाडि सारेका हुन् ।

मंगलबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पेश गरेको ६ बुँदे प्रस्तावमा उपाध्यक्ष गौतमले पार्टीको महाधिवेशन र प्रतिनिधिसभाको कार्यकालसम्म नै ओली रहने प्रस्ताव गरेका हुन् । अध्यक्ष प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने बताएका छन् । उनले पार्टीको महाधिवेशन सहमतिमा आयोजना गर्ने पनि बताएका छन् ।

‘प्रधानमन्त्रीका दैनन्दीनका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने । तर सरकारले राष्ट्रि तथा अन्तराष्ट्रिय महत्वका विषयहरुमा निर्णय गनूपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने । प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कर्याान्वयन गर्ने’, उनले भनेका छन् ।

त्यस्तै उनले पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद पुर्नगठन तथा सम्वैधानिक नियुक्ति गर्ने, संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिने प्रस्ताव गरेका छन् । त्यस्तै उनले पार्टीका बैठक बालुवाटारमा नबस्ने र पार्टी कार्यालय धुम्बारहीमा बस्ने बताएका छन् । ‘अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालयमा आयोजना गर्ने’, उनले भनेका छन् । यससँगै ९ सदस्यीय सचिवालयमा अब प्रचण्ड-नेपाल पक्षका ५ र ओली पक्षमा चार नेता भएका छन् । तर ओली पक्षले भने गृहमन्त्री रामबहादुर थापा पनि यता रहेको दाबी गरेका छन् । यसो भएमा नेकपा सचिवालयमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको पक्षमा बहुमत पुग्नेछ ।

116144114 3155691284486135 4963550822070210431 n

Kantipath Media

यो छुट्टाउनु भो कि..