‘नाई मलाई त्यही केटी चाहिन्छ’ भने झैँ राष्ट्रपतिले मलाई यही प्रधानमन्त्री चाहिन्छ भन्नुभयो- अधिवक्ता बन्दी

अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन्। प्रतिनिधि सभा विघटन मुद्दामा बुधबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा उनले राष्ट्रपति संविधानभन्दा बाहिर जान खोजेको बताए।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्न आधार प्रस्तुत गर्न दलको समर्थन आवश्यक नपर्ने स्पष्ट भएको उनले बताए। ‘ओलीको बहुमत छ, अरूको छैन भन्ने राष्ट्रपति को हो?’, बन्दीले भने, ‘मलाई त्यही केटी चाहिन्छ भने झैँ राष्ट्रपतिले मलाई यही प्रधानमन्त्री चाहिन्छ भन्नु भएको छ।’

संविधान अनुसार विधि पुगेर प्रधानमन्त्रीको दाबी गर्नेलाई राष्ट्रपतिले इन्कार गर्न नपाउने बन्दीले तर्क गरे। वरिष्ठ अधिवक्ता शम्भु थापाले विश्वासको मत नपाएको व्यक्ति प्रधानमन्त्री रहिरहने व्यवस्था संसारमा कहीँ पनि नरहेको उल्लेख गरेका छन्। प्रतिनिधि सभा विघटन मुद्दामा बुधबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै उनले शेरबहादुर देउवालाई १४९ जना सांसदले समर्थन गर्ने भनिसकेपछि त्यसको परीक्षण प्रतिनिधि सभामा किन नगरिएको भन्दै प्रश्न उठाए।

‘१४९ जनाले समर्थन गर्ने भनिसकेपछि शंका लागे परीक्षण गर्न फ्लोर टेष्ट गर्नुपर्दैन? अधिकारको प्रयोग राष्ट्रपतिले के गर्नु भो, हामीले हेर्ने त्यो हो। माननीय ज्यूहरूको मतदान गर्ने अधिकार रोकियो’, थापाले भने, ‘श्रीमानहरूले भोटिङ राइट के हो हेर्नुपर्‍यो।’

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..