बार-बेञ्च समन्वय समितिको बैठक बस्दै

306180963cholendra samsher jabara

प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्ने कि नबस्ने भन्ने विवाद समाधानका लागि आज बार–बेञ्च समन्वय समितिको बैठक बस्दैछ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका हुन्। संवैधानिक परिषद्सम्बन्धी रिटमा प्रधानन्यायाधीश राणा आफैँले विपक्षी भएको मुद्दा हेर्न नमिल्ने कानुन व्यवसायीको मागपछि राणाले अलग हुने निर्णय गरेका छन्।

समितिमा सर्वोच्च अदालत बार एसोसियशनका अध्यक्ष, नेपाल बार एसोसिएशनका अध्यक्ष, पूर्वअध्यक्षसहित पाँच जनाको सहभागिता हुनेछ। सर्वोच्च अदालतबाट पनि पाँच जनाको सहभागिता रहने व्यवस्था छ।

तत्कालिन केपी ओली सरकारकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अध्यादेशपछि भएको नियुक्तिको विषयमा विवाद छ। ती नियुक्तिविरुद्ध परेको रिट सुनुवाइको विषयलाई लिएर लामो समयदेखि संवैधानिक इजलासमा सुनुवाइ रोकिएको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..