मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको सहज जित

barsa vs sevia

 

barsa vs seviaकप्तान लियोनल मेस्सिको उत्कृष्ट प्रदरश्नमा स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई उसकै घरेलु मैदानमा २-० गोलले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा कप्तान मेस्सी र ओसुमाने डेम्बेलेले एक एक गोल गरे । खेलको २९औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १-० को अग्रता दिलाए । ८६औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-० को सहज जित दिलाए ।

जितसँगै बार्सिलोना २५ खेलमा ५३ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि रहेको छ । सेभिया ४८ अंकसहित चौंथो स्थानमा छ ।

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले डिजोनलाई ४-० गोलले पराजित गरेको हो ।

डिजोनको मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे । मोइस किन र डानिलो पेरेइराको नाममा एक एक गोल गरे । जितसँगै पीएसजी ५७ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित डिजोन १५ अंकसहित पुछारमा छ ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..