पुन दम्पतिद्वारा स्वास्थ्य सामग्री वितरण

पूर्वसभामुख ओनसरी घर्ती र पूर्वमन्त्री वर्षमान पुनले गृहजिल्ला रोल्पामा स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

माओवादी केन्द्रका नेतासमेत रहेका उनीहरुले अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन ब्याग, एन-९५ मास्क, सर्जिकल मास्क, इन्टिजन किट, पिपिई लगायत सामग्री वितरण गरेका हुन् ।

जिल्ला अस्पताल, सुरक्षाकर्मीका प्रतिनिधि र स्थानीय तहका प्रमुखहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको पुनको सचिवालयले जनाएको छ ।

स्वास्थ्य सामग्री वितरण गर्दै नेता पुनले जनस्वास्थ्यसँग सम्बन्धित विषयमा राजनीति नगर्न आग्रह गरे । अहिले कोभिड-१९ महामारीविरुद्ध एकजुट भएर लड्नुपर्ने भन्दै उनले स्वास्थ्य मापदण्डको पालना गरी आफू, परिवार र समुदायलाई सुरक्षित राख्न आग्रह गरे ।

वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार कोभिड-१९ महामारी नियन्त्रणमा पूर्णतः असफल भएको भन्दै उनले महामारीको अनुचित फाइदा उठाउँदै सरकारमा भएकाहरु कमाउ धन्दामा लागेको टिप्पणीसमेत गरे ।

स्वास्थ्य सामग्री प्राप्त भएपछि कोभिड-१९ विरुद्धको लडाइँ लड्न आफूहरुको मनोबल उच्च भएको सुनिल स्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताए ।

वास्थ्य सामग्री प्राप्त भएपछि कोभिड–१९ विरुद्धको लडाईं लड्न आफूहरुको मनोबल उच्च भएको सुनिल स्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताउनुभयो ।

‘कोरोनाको जोखिमपूर्र्ण अवस्थाले गर्दा आमजनता अत्तालिइरहेका बेला १० वटै स्थानीय तहलाई उहाँले स्वास्थ्य सामग्री वितरण गर्नुभयो ।

यसलाई हामीले ठूलो राहत महसुस गरेका छौं’, घर्तीले भन्नुभयो, ‘आमजनता र स्थानीय तहलाई आशावादी बनाउने काम गर्नुभएको छ । हाम्रो मनोबल उच्च भएको छ ।’

नेता पुनले यसअघि पनि रोल्पाका लागि अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री पठाउनुका साथै कोरोना महामारीका कारण रोजगारी गुमाएर राजधानी काठमाण्डुसहित मुलुकका विभिन्न स्थानमा अलपत्र परेका जिल्लाबासीलाई उद्दार गरी घर फर्काउने काम गर्नुभएको थियो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..