Hidden
नेपाल प्रहरीको प्रवक्तामा बसन्त कुँवर
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुवँरले पाएका छन् । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक कुवँरलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरीले जनाएको छ ।
उनलाई ९८५१२९२१११ र This email address is being protected from spambots. You need JavaScript enabled to view it. मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ । यसअघि नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायत रहेका थिए । कडायतको प्रहरी युक्त तालिम महाविद्यालय जर्गाह, नवलपरासीमा सरूवा भएको छ ।
प्रकासित मिति
Loading...
Loading...
Loading...