नेकपा (एस) बागमती प्रदेशको सचेतकमा बसुन्धरा हुमागाइँ

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलले संसदीय दलका पदाधिकारीहरुको टुंगो लगाएको छ। सोमबार हेटौंडामा बसेको दलको बैठकले उप-नेतामा कृष्णप्रसाद खनाललाई चयन गरेको छ। त्यस्तै प्रमुख सचेतकमा मुनु सिग्देल, सचेतकमा बसुन्धरा हुमागाइँलाई सर्वसम्मतीले चयन गरिएको छ।

बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउनका लागी गठबन्धनमा सामेल भएका दलहरु नेकपा(माओवादी केन्द्र) र नेपाली कांग्रेसका नेताहरुसँग समन्वय गर्नका लागी दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई जिम्मा दिने निर्णय पनि गरिएको छ। त्यस्तै, दलको सरकार निर्माण भएपश्चात सरकारको तर्फबाट गर्ने न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न माधब प्रसाद पौडेल, बसन्त प्रसाद मानन्धर, मिना ज्ञवाली र बसुन्धरा हुमागाइँलाई जिम्मा दिइएको सचेतक हुमागाइँले बताए।

नेकपा एमाले विभाजन गरी गठन भएको एकीकृत समाजवादीका बागमती प्रदेश सभामा १३ जना प्रदेश सभा सदस्य छन्। नेकपा (एमाले) का ५६ जना प्रदेश सभा सदस्यमध्ये १३ जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेका हुन्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..