पत्रकार महासंघ एसोसिएट उपत्यकाका उपाध्यक्ष थापाद्वारा वडाध्यक्षमाथि कुटपिटकाे प्रयास

चन्द्रागिरी नगरपालिका–७ का वडाध्यक्ष शम्भु केसीमाथि कुटपिटको प्रयास भएको छ।

आइतबार खोप लगाइरहेको ठाउँमा पुगेर सोही नगरपालिकाका श्रीहरी थापाले कुटपिटको प्रयास गर्न खोजेको आरोप लागेको छ ।

थापा पत्रकार महासंघ एसोसिएट उपत्यकाका उपाध्यक्ष समेत हुन् ।

श्रीहरी नेकपा एमालेबाट गत स्थानीय तहको चुनावमा सोही वडाको वडाध्यक्षमा उठेका थिए। तर, चुनावमा केसीसँग हारे। त्यसपछि श्रीहरी वडाध्यक्ष केसीसँग असन्तुष्टि थिए।

खोप लगाइरहेको स्वास्थ केन्द्रमा बादविवाद भएकोे प्रहरीले जनाएको छ।

खोप केन्द्रमा रहेको औषधिहरु समेत फ्याँकिदिएको बताइएको छ।

हाल उनलाई महानगरीय प्रहरी वृत्त थानकोटले बलम्वु पठाएको छ । उनीसँग प्रहरीले थप सोधपुछ गरिरहेको छ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..