डिएसपी भण्डारी ‘बेस्ट पुलिस अफ द मन्थ’ द्वारा सम्मानित

udaypur police

udaypur police

इलाका प्रहरी कार्यालय कटारी उदयपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमन्त भण्डारी माघ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा भएका छन् ।

भण्डारीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहाल पुरस्कृत गरे । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रहेकाले भण्डारीलाई पुरस्कृत गरिएको जनाइएको छ ।

उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धान एवं नियन्त्रणको क्षेत्रमा बिशेष योगदान पु¥याएको पनि बताइएको छ । डीएसपी भण्डारीले विभिन्न अपराधमा संलग्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले पुरस्कृत गरिएको हो । नेपाल प्रहरीमा भण्डारी उत्कृष्ट र इमान्दार प्रहरी अफिसरको रुपमा गनिन्छन ।

 

 

Kantipath Media

यो छुट्टाउनु भो कि..