बैतडी घटनाबारे महिला आयोग गम्भीर

Baitadi case

राष्ट्रिय महिला आयोगले बलात्कारपछि हत्या भएको भनिएकी बैतडीको दोगडाकेदारकोे घटनाका दोषीलाई कानूनको दायरामा ल्याई घटनाबारे निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ ।

भागरथी भट्ट हत्या प्रकरण : परिचितबाटै हत्याको आशंका

युवाहरुले किन लगाए गृहमन्त्रीका छोरालाई बलात्कारको आरोप ?

बैतडी प्रकरण : शंकास्पद ६ जना प्रहरी नियन्त्रणमा

भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्

भागरथी भट्ट प्रकरण : बलात्कारपछि घाँटी निमोठेर हत्या

Baitadi caseदोगडाकेदार गाउँपालिका–७ स्थित सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीय किशोरी भगिरथी भट्टको यही माघ २१ गते शङ्कास्पद अवस्थामा शव भेटिएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

घटनाको अनुगमन तथा अनुसन्धानका लागि आयोगले राष्ट्रिय मानवअधिकार आयोगसँग समेत छलफल गरिरहेको सचिव शान्ता अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

हिंसाजन्य यस्ता गम्भीर घटनाले व्यक्तिको जीउज्यानको सुरक्षा र मानव अधिकराको गम्भीर उल्लङ्घन भएको आयोगले महसुस गरेको छ । सो घटनाको अनुगमन तथा अनुसन्धानका लागि तत्कालै आयोगले एक टोलीसमेत गठन गरेको छ । टोलीको नेतृत्व आयोगका सदस्यले गर्नेछन् ।

आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिनेतर्फ सचेत रहँदै निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत घटनाको सत्यतथ्य उजागर गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

दोषीमाथि कानूनबमोजिम कारवाही गर्न र पीडित परिवारको सुरक्षा तथा न्यायमा पहुँच पु¥याउन आयोगले आग्रह गरेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..