भागरथी भट्ट हत्या अनुसन्धान अन्तिम चरणमा

bhagirathi bhatta

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी  भट्टको माघ २१ मा हत्याभएको थियो भने यसबारे अनुसन्धान अन्तिम चरणमा पुगेको छ । 

bhagirathi bhattaहत्या आरोपमा पक्राउ गरिएका १६ वर्षीय किशोरले बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् ।

बलात्कार–हत्या अनुसन्धान अन्तिम चरणमा पुगेको बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले  बताए ।

उनले भने– ‘प्राविधिक जाँच गर्नुपर्ने सबै कुरा ल्याबमा पठाएको छौं, अब हामी अनुसन्धानको अन्तिम चरणमा पुग्यौं ।’

हत्यामा संलग्न आरोपीलाई प्रहरीले फागुन ४ मा पक्राउ गरेको थियो । आरोपी बालक भएकाले २१ दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउनुपर्छ ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..