ओलीसँगको अडान यथावत् छ : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी ओलीसँग आफूहरूको अडान यथावत् रहेको बताएका छन् ।शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोभिड– १९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले बिहीबार अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भएको वार्तामा केही सकारात्मक कुरा भए पनि त्यसले आकार नलिइसकेको प्रतिक्रिया दिए ।

उनले भने, ‘हाम्रो देशको राजनीतिको जुन अवस्था छ, राजनीतिले दिशा परिर्वतन गरिसकेको अवस्था छैन । यद्यपि त्यसलाई राजनीतिक दलहरूको दृष्टिकोणबाट, आफ्ना आन्तरिक व्यवस्थापनको दृष्टिकोणबाट अलिकति स्थितिमा फेरबदल भएको मान्छेलाई लाग्न सक्छ, तर त्यसमा मूलभूत फेरबदल भएर साँच्चिकै कोरोनाको महामारी छ, अरू जनताका समस्याहरू छन्, राजनीति त्यतातिर केन्द्रित भएर नेपालको संविधानले परिकल्पना गरेकोसरह, हामी जनताले परिकल्पना गरेको कुरा, त्यतातर्फ कसरी जाने भन्नेमा अझै मिहिनेत गर्नुपर्ने देखिन्छ ।’

Golu
rimalroshan2000[email protected]
http://kantipath.com

यो छुट्टाउनु भो कि..