तक्माबाट नक्सा हट्नु मध्यराति रअ प्रमुख भेट्नुको परिणाम : भिम रावल

Kp Oli Bhim Rawal NCP

नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपतिले शुक्रबार वितरण गरेको तक्मामा नेपालको नक्सा चुच्चे होइन, बुच्चे राखिनुमा गम्भीर शंका व्यक्त गरेका छन्। सरकारको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको विभिन्न पदवीका तक्मामा अंकित नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएका छैनन्।

यसो गरिनाको कारण भारतीय गुप्तचर निकाय रअका प्रमुखले बालुवाटामा मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुको परिणाम त होइन भनेर नेता रावलले प्रश्न उठाएका हुन्। यसको जवाफ प्रधानमन्त्री ओलीले दिनुपर्ने उनको माग छ।

उनले भनेका छन्, ‘राष्ट्रियताको भावनाका साथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्सामा दार्चुला जिल्लाका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो ? प्रधानमन्त्रीले तुरुन्त जवाफ दिनुपर्छ।’

सामाजिक सञ्जालमार्फत उनले अगाडि प्रश्न गरेका छन्, ‘यसो हुनुको कारण कतै बालुवाटारमा प्रमको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसँगको मन्त्रणा त होइन?’ केही समयअघि भारतको गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलले प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मै आएर मध्यराति प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए। जसको व्यापक आलोचना भएको थियो।।

 

 

Kantipath Media

यो छुट्टाउनु भो कि..