मन हो एक पटक मरेपछि सकियो, विरुवा होइन जुन बारम्बार पलाइरहने– स्व. भागरथी भट्ट

1471713

उनले सामाजिक सञ्जाल फेसबुकमा भूमिका भट्ट नाम राखेकी रहिछन् । प्रोफाइल हेर्दा धेरै पोस्ट देखिदैन् । तर उनले गरेका कमेन्ट र त्यसको रिप्लाईमा देखाएको सक्रियताले उनी बिस्तारै सामाजिक सञ्जालमा अभ्यस्त हुँदै गएको देखिन्छ ।

1471713उनले प्रोफाइलमा मृत्यु भएका बुवा र आफुसँगै बस्ने आमाप्रति अगाध प्रेम ब्यक्त गरेकी छन् ।

भुमिकाले प्रोफाइलमा लेखेकी छन् । मन हो एकपटक मरेपछि सकियो, विरुवा होइन जुन बारम्बार पलाइरहने । बैतडीको सुदुर गाउँ दोगडाकेदार गाउँपालिका–७ स्थित चडेपानीकी १७ वर्षीय किशोरी भागरथी भट्टले सामाजिक सञ्जालमा भूमिकाका नामले पोस्ट गरेको यो बिषय यतिबेला उनकै बलात्कारपछि हत्या अनुसन्धानका लागि एउटा क्लू बनेको छ ।

बैतडी प्रहरीले बुधबार भागरथी भट्टको हत्यामा संलग्‍न भएको भन्दै १७ वर्षीय किशोरलाई सार्वजनिक गरेको छ । तर, भागरथीकी आमा द्रौपदी भट्टले भने पक्राउ गरेर सार्वजनिक गरिएका किशोर हत्यामा संलग्‍न भएको भन्‍ने कुरामा आफू विश्‍वस्त नभएको बताएकी छन् ।

नेपाली कांग्रेसका नेता एनपी साउदसहितको टोलीसँगको भेटमा उनले हत्याराका रुपमा बैतडी प्रहरीले सार्वजनिक गरेका किशोर दिनेश भट्टले छोरी भागरथीको हत्या भएको प्रहरीको दाबीमा आफू विश्वस्त नभएको बताएकी हुन् ।

प्राप्त भिडियो क्लिपमा आमा द्रोपदीले अभियुक्त दाबी गरिएका किशोरलाई देखाएर प्रहरीले हत्यारा लुकाउने प्रयास गरेको अभिव्यक्ति दिएकी छन् ।

 

“घटना भएको दिन उ (दिनेश) चार बजे घाम छँदै घर आएको हो । उसलाई मैले मेरी छोरी आइनन् भनेर सोधेकी हुँ, उसले देखेन भन्यो । आज उ नदेखेको मान्छे मैले गरेको हुँ भन्दैछ । उ त भागरथीको भाइ हो, मेरो छोरो पर्छ । बाजे–बाजे भाइ हुन् । छोरी जेठी हो, उ (किशोर) कान्छो हो । उभन्दा छोरी ठूली थिइ । एक्लैले कसरी मार्‍यो भागरथीलाई ? मैले धकेलेर मारेको हुँ भनिरहेको छ रे,” भागरथीकी आमा द्रोपतीले भनेकी छन् ।

उनले प्रहरीले हत्यामा संलग्‍न रहेको दाबी गर्दै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका किशोर दिनेश भट्ट एक्लैले भागरथीको हत्यानै गरेको भए उनलाई पनि मार्नुपर्ने समेत माग गरेकी छन् । “कि त त्यस (किशोर) ले मैले एक्लै मारेको भन्छ भने त्यसको पनि हत्या गर्नुपर्छ,” भागरथीकी आमाले भिडियोमा भनेकी छन् ।

प्रहरीले सदरमुकाममा पत्रकार सम्मेलन गरेर हत्यामा संलग्‍न भएको दाबी गर्दै दिनेशलाई सार्वजनिक गर्ने तयारी गरिरहेका बेला नेता साउदसहितका कांग्रेस नेताहरु भागरथीको घर दोगडाकेदारको चडेपानी पुगेका थिए ।

उक्त टोलीमा संविधान सभा सदस्य बहादुरसिंह थापा, नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, नेपाल महिला संघकी कोषाध्याक्ष जानकी सिंहलगायत नेता–कार्यकर्ताहरु थिए । महिला संघकी कोषाध्यक्ष सिंहले पनि भागरथीकी आमा प्रहरीले सार्वजनिक गरेको किशोरले छोरीको हत्या गरेको दाबीमा विश्वस्त नदेखिएको प्रतिक्रिया दिइन् ।

“त्यो केटा र भागरथी दिदी भाइ हुन् । त्यसले त्यस्तो गरे होला भन्ने मलाई कत्ति पनि विश्वास छैन । हिजोसम्म सामूहिक बलात्कार भन्‍ने, आज आएर त्यो सानो बच्चाले गरेको हो भन्‍ने ? यो हत्यारा लुकाउने खेल हो,” उनले द्रोपतीको भनाइ उद्धृत गर्दै भनिन् ।

कोषाध्यक्ष सिंहका अनुसार द्रोपतीले छोरी भागरथीले न्याय नपाउँदासम्म शव नबुझ्ने पनि बताएकी छन् । “जहिले सम्म मेरो छोरीले न्याय पाउँदिन । तबसम्म म शव पनि बुझ्दैन । अब मेरी छोरीले न्याय पाउँदिन भन्नेमा म ढुक्क छु । न्याय नपाएपछि मैले बाच्नुको अर्थ छैन । म पुलिस चौकी अगाडि गएर मर्दिन्छु,” उनले द्रोपतीको भनाइ उद्धृत गर्दै भनिन् ।

भागरथी भट्टको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी कारवाही गर : महासचिव विप्लव

स्वाब परीक्षणका लागि काठमाडौंँ पठाइयो, ५ दिन बितिसक्दा पनि भागरथीका हत्यारा पत्ता लागेन

भागरथी भट्ट हत्या प्रकरण : महेन्द्रनगरमा प्रदर्शन

भागरथीकी आमा द्रौपदी भट्टले

बैतडी घटनाबारे महिला आयोग गम्भीर

भागरथी भट्ट हत्या प्रकरण : परिचितबाटै हत्याको आशंका

युवाहरुले किन लगाए गृहमन्त्रीका छोरालाई बलात्कारको आरोप ?

बैतडी प्रकरण : शंकास्पद ६ जना प्रहरी नियन्त्रणमा

भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्

भागरथी भट्ट प्रकरण : बलात्कारपछि घाँटी निमोठेर हत्या

Kantipath Media

यो छुट्टाउनु भो कि..