काठमाडौँ महानगरले मेलम्चीलाई २ करोड दिने

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई काठमाडौं महानगरपालिकाले २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कामपाका मेयर विद्यासुन्दर शाक्यले मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।

अविरल वर्षाका कारण मेलम्चीमा मंगलबार राति आएको बाढीमा २० जना बेपत्ता भएका छन् भने हेलम्बु र मेलम्चीका धेरै घर डुवानमा परेको छ । सयौं मानिस घरबारविहीन भएका छन् । बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनामा पूर्ण क्षति पुर्‍याएको छ ।

उपमेयर हरिप्रभा खड्गीसहित नेपाली कांग्रेसका जनप्रतिनिधिले परिषद बैठक बहिस्कार गरेका छन्। महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगरपरिषद्मा लैजान खोजिएपछि बहिस्कार गरेको खड्गीले जानकारी दिएकी छन्।

नगरपरिषद् विहीबारका लागि राष्ट्रियसभामा बोलाइएको थियो। मेयर विद्यासुन्दर शाक्यले कार्यपालिका बोर्डबाट पारित नै नभएको नीति तथा कार्यक्रम परिषद्मा लैजान लागेकाले १४ जना वडाध्यक्षले पनि बहिस्कार गरिएको खड्गीको प्रतिक्रिया छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..