राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता अध्यादेश जारी (विज्ञप्तिसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले जारी गरेको वक्तव्यमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरिएको उल्लेख गरिएको छ ।

अध्यादेशमा नेपाल सरत भित्र भन्ने शब्दलाई नेपाल भित्र भनिएको छ। २०७२ साल असोज ३ गते भन्दा अगाडी जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तान १६ वर्ष पुगेपछि वंशजको आधारमा नेपालको नागरिक मानिने उल्लेख गरिएको छ।

यस्तै नेपालको नागरिक आमाबाट जन्म भई नेपालमा नै बसोबास गरेको तर, बाबुको पहिचान हुन नसकेको व्यक्तिले पनि वंशजको आधारमा नेपालको नागरिक पाउने अध्यादेशमा उल्लेख गरिएको कानुन मन्त्री लीलानाथ श्रेष्ठले बताए। ‘यस्तो नागरिकता प्राप्त व्यक्तिको पहिचान भई विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम रहने छैन’ मन्त्री श्रेष्ठले भने।

निजले बाबुको नामबाट विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी स्वघोषणा गरेमा निजको नागरिकतालाई अङ्गीकृत नागरिकतामा परिणत गरिने अध्यादेशमा उल्लेख छ।

नागरिकता अध्यादेशमा नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको तर, बाबु पहिचान हुन नसकेको व्यक्तिको हकमा निजले बाबुको पहिचान हुन नसकेको भनी स्वघोषणा गरेमा अङ्गीकृत नागरिकता पाउने व्यवस्था अध्यादेशमा गरिएको मन्त्री श्रेष्ठले बताए।

जनता समाजवादी पार्टीले जन्मसिद्ध नागरिकलाई वंशजको नागरिकता दिनुपर्ने मागमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएर अध्यादेश जारी भएको हो। सरकारले २०७५ साउन २८ गते प्रतिनिधिसभामा पेस गरेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याएको विधेयक अहिलेसम्म अघि बढेको छैन। राज्य व्यवस्था समितिमा दफावार छलफल सकेर २०७७ असार ८ मा यो विधेयक प्रतिनिधि सभामा गइसकेको छ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..