विजया स्टिल कम्पनीकाे बिलेट गाडी लाखाैकाे भन्सार छलि नेपाल प्रवेश प्रहरीकाे नियन्त्रण पश्चात भन्सार चलान

कपिलवस्तुस्थित कृष्णनगर भन्सारमा राजस्व छली प्रवेश गरेकाे भारतीय लाेड ट्रेलर प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

८२ लाख ४५ हजार ६ सय ३२ रुपैँया मुल्य बराबरको फलाम बिलेट बाेकेकाे भारतीय लाेड ट्रेलर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

फलामकाे रड बनाउन प्रयोग हुने ४७ वटा एम.एस बिलेट लाेड रहेकाे यू .पी ५३ सी.टी २११९ नम्बरको भारतीय ट्रेलर गाडी भन्सार छलि नेपाल प्रवेश गरेकाले पक्राउ गरिएकाे हाे ।

ट्रेलर चालक भारतको वरीयातपुर कुशिनगर बस्ने ३४ बर्षिय सन्जय कुमार कुशवाह र सहचालक २४ बर्षिय अंगद कुमार कुशवाह रहेका छन । कार्मचारीकै आखाँ अगाडि बाट विजया स्टिल प्रा.लि.काे ३४.४ सय मेट्रिक टन ताैल भएकाे बिलेट बाेकेर लाखौंकाे भन्सार छलि गरेकाे ट्रेलर नेपाल प्रवेश गरिसकेकाे अवस्थामा प्रहरीले चेक जाँच गर्ने क्रममा पक्राउ गरेकाे हाे ।

कृष्णनगर भन्सार भित्रीएपछि कुनै पनि मालवहाक गाडी राजस्व गस्तीमा खटिएका सशस्त्र प्रहरीले चेकजाँच गर्छन र नेपाल ट्राफिक प्रहरीले भारतीय गाडीहरु इन्ट्री गरेपछि इलाका प्रहरी कार्यालय कृष्णनगरकाे चेकपाेष्टमा पनि गाडीकाे प्रज्ञापन पत्र चेक गरि इन्ट्री गर्ने गरिन्छ ।

तर बिलेड लाेड बाेकेकाे ट्रेलरकाे प्रज्ञापन पत्र भन्सार देखी कुनै चेकपाेष्टमा पनि चेकजाँच गरिएन तिनवटा चेकपाेष्ट पार गरी गाडि बिओपी कृष्णनगर नगरपालिका वडा नं २ का रहेकाे सशस्त्र चेक पाेष्टमा पुग्याे साेहि चेक पोष्टमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवानहरुले ईन्ट्रीकाे लागि ट्रलेरकाे चालक सँग उक्त गाडिकाे प्रज्ञापन पत्र मागे तर ट्रलेरकाे प्रज्ञापन पत्र थिएन । त्यसैले गाडीलाई नियन्त्रणमा लिएर भन्सार चलान गरिएकाे सशस्त्र प्रहरी बल २८ नम्बर हेव.क्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धुव्र बहादुर कार्कीले जानकारी दिए ।

कृष्णनगर भन्सार कार्यालय प्रमुख जनार्दन पौडेलका अनुसार बिलेट लिएर आएका चार पाच वटा ट्रेलरका गाडीहरु लामबद्ध रुपमा भन्सार सँगै छिरेका थिए गेटमा बस्ने कर्मचारी पनि झुक्किएर थाहाँ नपाएको र गाडी चालक पनि नयाँ भएको कारणले भन्सार गर्ने ठाउँ नजानेर भित्रिएको हुनसक्ने बताए पनि नियन्त्रणमा लिएकाे मालसमान बारे अनुसन्धान गरि दाेषीलाई कार्वाही गरिने पौडेलले बताए।

कृष्णनगर भन्सार नाकामा ४ वटा सिसि क्यामेरा छन र ४ ठाउँमा चेकपाेष्ट पनि छन तर मुख्य नाका हुँदै राजस्व छलि हुने तथ्यले सुरक्षा र भन्सार दुवैलाई शंकाकाे घेरा खडा गरेकाे छ । भन्सार कार्यालयका कर्मचारी कै अगाडिबाट मालवाहक गाडी बिना भन्सार नेपाल भित्रिनु भान्सारकाे लापरवाही नै देखिन्छ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..