पार्टी फुटको समाचार बाहिरिएपछि विप्लवको सचिवालयले जारी गर्‍याे यस्ताे प्रेस नाेट

पार्टी फुटेको समाचार बाहिरिएपछि नेपाल कम्युनिस्ट पार्टीले एक वक्तव्य जारी गरेकाे छ ।

शनिबार प्रेस नोट जारी गर्दै केन्द्रीय कार्यालयले सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएको समयमा नै पार्टीबाट स्वतन्त्र भएको वक्तव्य दिएका कृष्ण धमलाद्वारा निर्माण गरिएको मञ्चलाई पार्टी–फुट भन्न र मान्न नसकिने जनाएको छ ।

केन्द्रीय कार्यालयका तर्फबाट असलले जारी गरेको प्रेस नोटमा उक्त प्रचार दलाल पुँजीवादी र संसद्‌वादीहरूलाई फाइदा पुग्ने गरी गरिएको भ्रामक प्रचार मात्र रहेको प्रस्ट पारिएको छ ।

प्रेस नोटमा भनिएको छ, ‘प्रतिबन्धको समयमा नै पार्टीबाट स्वतन्त्र भएको वक्तव्य दिएका श्री कृष्ण धमलाद्वारा निर्माण गरिएको मञ्चलाई पार्टी फुटको संज्ञा दिइएको छ । उक्त कुरालाई पार्टी–फुट भन्न र मान्न सकिँदैन । यो दलाल पुँजीवादी र संसद्‌वादीहरूलाई फाइदा पुग्ने गरी गरिएको भ्रामक प्रचार मात्र हो ।

समाजवाद र क्रान्तिका पक्षमा मञ्चबाट योगदान गर्ने सोचाइ आन्दोलनका लागि सकारात्मक नै हुने भन्दै उनले सानातिना मनमुटावहरू छोडेर महान् एकीकृत जनक्रान्तिको अभियानमा ध्रुवीकृत हुन सबैमा अपिल गरेका छन् ।

प्रेस नोटमा अगाडि भनिएको छ, ‘समाजवाद र क्रान्तिका पक्षमा मञ्चबाट योगदान गर्ने जुन सोचाइ अगाडि सारिएको छ, त्यो कुरा आन्दोलनका लागि सकारात्मक नै हुनेछ ।

सानातिना मनमुटावहरू छोडेर महान् एकीकृत जनक्रान्तिको अभियानमा ध्रुवीकृत हुन हाम्रो पार्टी सबैमा अपिल गर्दछ ।’

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..