देशभर समानान्तर कमिटी खडा गर्ने माधव नेपाल पक्षिय स्थायी समिती बैठकको निर्णय

madhab kumar nepal

madhab kumar nepal

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ स्थायी समिति सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले पार्टी ध्वस्त बनाउन लागेको आरोप लगाएका छन्। माधव पक्षधरका स्थायी कमिटी सदस्यहरूको बैठकले देशभर समानान्तर कमिटी ब्युँताउनेसमेत निर्णय गरेको छ ।

एमालेका नेपाल–खनाल पक्षका ११ स्थायी समित सदस्यहरुले मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै ओलीले पार्टी र कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन लागेको आरोप लगाएका हुन्। मंगलबार कलंकीको मेगा पार्टी प्यालेसमा नेपा–खनाल पक्षको स्थायी समिति बैठक बसेको थियो।

‘नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधि सभालाई अवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा एमाले विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्ण काम भइरहेका छन्’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..