पांग्रा नखुलेको बुद्ध एयरको विमान सफलतापूर्वक अवतरण

काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सोमबार बिहान अवतरण गर्न लागेको एउटा विमानको पाङ्ग्रा नखुलेका कारण केहीबेर तनाव भयो ।

रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो ।

विमानमा बालबालिकासहित ७३ जना यात्रु सवार थिए ।

बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो ।

एनआई कलसाइनको विमान विहान ८ बजेर ३२ मिनेटमा विराटनगरका लागी उडेको नागरिक उड्ययन कार्यालयले जनाएको छ ।

विमान अवतरण हुन लाग्दा दायाँ पट्टिको पाङ्ग्रा नखुलेका कारण केही बेर समस्या आएको विमानस्थल स्रोतले बताएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..