बाढीले डुबायो रेडियो मेलम्चीको भवन

सिन्धुपाल्चोकको मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवन बाढीले डुबाएको छ । मंगलबार दिउँसोदेखि मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारमा रहेको रेडियो रहेको ३ तले भवनको २ तलासम्म डुबाएको छ ।

मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

अविरल वर्षासँगै आएको बाढीले मेलम्ची बजारमा क्षति पुर्‍याएको छ । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ । बाढीबाट विस्थापित भएका दर्जनभन्दा बढी परिवारमध्ये अधिकांशले खुला आकाशमुनि रात बिताएका छन् ।

रेडियोको सम्पूर्ण सामग्री क्षतिग्रस्त भएको र करिब ५० लाख हाराहारी क्षति भएको स्टेशन म्यानेजर देवराज सुवेदीले बताएका छन् । रेडियोको सम्पूर्ण डकुमेन्ट, उपकरण, ल्यापटप लगायतका सामग्री बाढीले बगाएको छ । दोस्रो तलासम्म लेदोले पुरिएको र तेस्रो तलाको अलिकति भाग देखिएको छ ।

बाढीले मेलम्ची बजार डुबानमा परेपछि स्थानीयहरु बजारमाथि रहेको इन्द्रेश्वरी माविमा आश्रय लिएर बसिरहेका छन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..