राहत सामग्री लिएर मेलम्ची जाँदै बर्गर हाउस परिवार

अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न ठाउँको जनजीवन प्रभावित बनेको छ। बाढी र पहिरोका कारण भौतिकसँगै मानवीय क्षतिसमेत भएको छ। बाढी पहिरोबाट समस्यामा परेकाहरुको उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, तीनवटै सुरक्षा निकाय खटिएका छन्।

वर्षा अझै नरोकिएकाले प्रभावित र नदी तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा रहन आग्रह गरिएको छ। देशका विभिन्न नदीले सर्तकताको तह पार गरेका छन्। बाढीपहिरोबाट देशभर कहाँ–कहाँ क्षति गर्‍यो भन्नेबारे एकिन विवरण आएको छैन ।

बाढीपहिरोबाट विस्थापित जनताका लागि राहत जुट्ने क्रम जारी छ । बाढीले क्षतबिक्षत भएको सिन्धुपाल्चोकको मेलम्चीमा भोलि बर्गर हाउस एण्ड क्रंची फ़्राईड चिकेन ठुलो मात्रामा राहतका खाद्य सामग्री लिएर जाने भएको छ । आज बिहान बर्गर हाउसका संस्थापक बसन्त लामाले एक सार्वजनिक अपिल गर्दै बर्गर हाउसको तर्फबाट राहत वितरणका लागि आर्थिक संकलनको सुरुवात गरेका थिए । सहयोग आउने क्रम जारी छ ।

कोटेश्वर बर्गर हाउसका संचालक तथा चर्चित कलाकार राजीव जंग बस्नेतका अनुसार राहत वितरणका लागि बर्गर हाउसको टोली भोली बिहान ९ बजे मेलम्ची प्रस्थान गर्नेछ । पहिलो चरणको राहत स्वरुप चामल ३०० बोरा, ग्यास ७० सिलिन्डर, तेल २०० लिटर, नुन २०० पाकेट, दाल २०० किलोग्राम, मसाैरा ५ बोरा, चिउरा १०० किलोग्राम, दालमाेठ ५ बोरा, साबुन ५०० पिस तथा अन्य मसलन्द सामग्री वितरण गरिने छ। अघिल्लो वर्ष पनि बर्गर हाउसले राहत वितरण गरेको थियो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..