पर्याप्त सुन पाएनौं भने देशभर आन्दोलन गर्छौं : केन्द्रीय अध्यक्ष महर्जन

20210222 232432

अमिर रामदाम, चितवन । मुलुकमा रहेको राजनीतिक अस्थिरताका कारण सुनचाँदी व्यवसायीहरूको समस्या ज्यूँकात्यूँ रहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका केन्द्रीय अध्यक्ष रमेश महर्जनले बताएका छन् ।

20210222 232432चितवन सुनचाँदी व्यवसायी संघ पूर्वि चितवनको चौथो वार्षिक साधारणसभालाई संबोधन गर्दै केन्द्रीय अध्यक्ष महर्जनले सो कुरा बताएका हुन् ।

उनले हालै पुर्नगठन भएको जेम्स एण्ड ज्वेलरी काउन्सिलले समग्र व्यवसायको हकहित स्थापित गर्न अग्रसर रहने बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिस्पर्धात्मक अहंकारले गर्दा सुनचाँदी व्यवसायमा समस्याहरू उत्पन्न भइरहेकोले उक्त अहंकार त्याग्न समेत केन्द्रीय अध्यक्ष महर्जनले जिकिर गरेका छन् ।

उनले व्यवसायीहरूलाई खुलेर सुनचाँदी रत्न तथा आभूषण महासंघमा आवद्ध हुन समेत अनुरोध गरेका छन् । उनले मौलिक गरगहनाहरू संरक्षण तर्फ व्यवसायीहरूको ध्यानाकर्षण रहन आवश्यक रहेको बताएका छन् ।

राष्ट्र बैंकबाट कोटाको आधारमा प्राप्त भएको सुन मुलुकभर पारदर्शी र समावेशी रूपमा वितरण गर्न सुनचाँदी रत्न तथा आभूषण महासंघले नीति संशोधन गर्ने केन्द्रीय अध्यक्ष महर्जनले बताएका छन्। उनले सम्पूर्ण व्यवसायीहरूलाई राज्यको हरेक कानुनी नीतिका आधारमा व्यवसाय संचालन गर्न समेत अनुरोध गरेका छन्।

राज्यले सुनचाँदी व्यवसायलाई आवश्यक पर्याप्त कच्चा पदार्थ उपलब्ध नगराएमा मुलुकभर शसक्त आन्दोलनको घोषणा गरिने बताएका छन्।

Kantipath Media

यो छुट्टाउनु भो कि..